ग्रेटर रशमोर नेपाली कम्युनिटीले १०९ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।
स्थानीय नेपाली तथा अन्य समुदायकाबीच विभिन्न विधामा सचेत गराउने उद्धेश्यले इन्फरमेशन डे का रुपमा शनिबार नारी दिवस मनाइएको हो ।
जीआरएनसीकी महिला विभागकी प्रमुख एवं कार्यक्रम संयोजक लिला सेलिमको अध्यक्षता, रशमोर बरो काउन्सीलका उपमेयर सु कार्टरको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सांसद लियो डोर्चेटी, जी आरएनसी अध्यक्ष जीव वेल्वासे, निर्वतमान अध्यक्ष ओम थापा, एनआरएनए आइसीसी सदस्य शुष्मा राई, जीआरएनसीकी महिला विभाग प्रमुख एवं कार्यक्रम संयोजक लिला सेलिम एवंम विभागकी पूर्वप्रमुख पुष्पा गुरुङले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा पीएसओ दुर्गा थापाले अपराध र रोकथामका विषयमा, क्याप्टेन महेन्द्र लिम्बु र ग्याली घलेले गोर्खा वेलफेयर सम्बन्धमा जानकारी गराएका थिए भने सुष्मा गुरुङ र निक्की जेकिंगले मानसिक स्वास्थ्यका विषयमा, इन्सपेक्टर ग्यारथ र उनको टिमले फायर एण्ड सेफ्टीका बारेमा, निशा शर्माले हेल्दी लिभिङबार, शुसीला रानाले काउन्सील इन्फरमेशनका बारेमा तथा क्यरन इवान र एलिजा गुरुङले घरेलु हिंसाका बारेमा आ–आफ्ना प्रस्तुति दिएका थिए । 
दुई चरणमा आयोजना गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा जीआरएनसी महिला विभाग सहप्रमुख शुष्मा राईको स्वागत मन्तव्य रहेको थियो भने प्रमुख अतिथि तथा उपमेयर सु कार्टर र विशेष अतिथि सांसद लियो डोर्चटीले नारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै अध्यक्ष जिव बेल्वासेले जीआरएनसीको स्थानीय प्रहरी प्रशासन, काउन्सील, रश्मोर फायर एण्ड सर्भिस, आर्मी, रश्मोर भोलियन्टर सर्र्भिस लगायतका बारेमा प्रकाश पारेका थिए ।
मान बहादुर गुरुङको संचालन रहेको दोश्रो चरणको कार्यक्रम प्रिजन्टेशन सम्बन्धी रहेको थियो ।

रशमोरका वरिष्ठ उपाध्यक्ष रामधन राई, कोषाध्यक्ष टोप पल्ली, महिला विभागकी प्रवक्ता प्रमिला राई तथा रोजी राई, अनिता राई, पुष्पा गुरुङ, हल संयोजक पुरन गिरी, नारायण गिरी, राज गुरुङ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सल्लाहकारहरु, कार्यसमितिका सदस्यहरु लगायत झण्डै ५ सयको संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा जीआरएनसीको लोगोसहितको केक काटिएको थियो ।

वि.सं.२०७५ फागुन २७ सोमवार १५:१९ मा प्रकाशित






























