back
CTIZAN AD

भुकम्प पीडितका लागि जापानमा संकलित रकम लाप्राक प्रोजेक्टमा खर्चिने

वि.सं.२०७३ कात्तिक २० शनिवार

936 

shares

japanटोकियो—भूकम्पपीडित राहत तथा सहयोग समिति जापानले एनआरएनए आइसीसीले विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा ६ सय वटा घर सहितको नमुना बस्ती बनाउने परियोजनामा सघाउने भएको छ ।

गत वर्ष बैशाख १२ गते गएको महाभूकम्पबाट पीडितहरुलाई राहत, उद्वार तथा सहयोग गर्न जापानमा गठित राहत तथा सहयोग समितिले संकलित सहयोग रकमको मौज्दात गोरखाको लाप्राकमा एनआरएन आइसीसीले निर्माण गर्न लागेको ६ सय १२ वटा घर सहितको नमुना बस्ती निर्माण प्रोजेक्टमा सघाउने गरी पठाउन लागेको हो।

एनआरएन आइसीसीका उपाध्यक्षसमेत रहेका समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बिहीबार बसेको सहयोग समितिको बैठकले लाप्राक प्रोजेक्टमा सघाउने गरी मौज्दात रकम काठमाडौंस्थित एनआरएनए आइसीसी सचिवालयको खातामा पठाउने निर्णय गरेको हो।
नेपालमा महाभूकम्प गएलगत्तै एनआरएन जापानसहित जापानमा रहेका दर्जनौ संघसंस्थाहरु सम्मिलित भूकम्प पीडित राहत तथा सहयोग समिति जापान गठन भएको थियो।

एनआरएन आइसीसीका उपाध्यक्षसमेत रहेका समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बिहीबार बसेको सहयोग समितिको बैठकले लाप्राक प्रोजेक्टमा सघाउने गरी मौज्दात रकम काठमाडौंस्थित एनआरएनए आइसीसी सचिवालयको खातामा पठाउने निर्णय गरेको हो।

नेपालमा भूकम्प गएलगत्तै एनआरएन जापानको सक्रियता र यहाँका क्रियाशील बिभिन्न संघसंस्थाहरुको सहकार्यमा जापानको बिभिन्न सहर तथा रेल स्टेशनहरुमा राहत सहयोग रकम संकलन अभियान चलाईएको थियो।

सो अभियानबाट कुल ५ करोड ३० लाख १७ हजार ३४ येन संकलन भएको एनआरएन जापानका कोषाध्यक्षसमेत रहेका सहयोग समितिका सदस्य दिपक थापाले जानकारी दिए। जसमध्य तत्काल राहतका लागि एनआरएन आइसीसीको जिम्मामा ३ करोड येन नेपाल पठाईसकिएको भए पनि त्यसबाट १२ प्रतिशत रकम मात्र खर्च भएको संयोजक भट्टले बताए।

पठाएको रकमबाट नेपालमा खर्च भई बाँकी रहेको रकम र जापानमा रहेको मौज्दात रकम २ करोड ३० लाख १७ हजार ३४ येन लाप्राक प्रोजेक्टमा खर्च गर्ने गरी समितिले तत्काल रकम नेपाल पठाउने निर्णय गरेको हो। लाप्राक प्रोजेक्टमा जापानबाट पठाइएको रकमबाट निर्माण हुने घरहरुमा एन आर एन जापानको नेत्रित्वोदायी भूमिका को साथमा जापानबासी नेपाली समुदाय र जापानी नागरिकहरुको पहिचान उल्लेख गरिनेछ।

समितिले रकम संकलनमा सहयोग एवं सहकार्य गर्ने नेपाली समुदाय र जापानी नागरिकहरुमा धन्यबाद पनि ब्यक्त गरेको छ।

भूकम्पपछिको उद्धार र राहतमा प्रभावकारी भूमिका निर्वाह गरेको गैरआवासीय नेपाली संघ  (एनआरएनए) ले भूकम्पको केन्द्रविन्दू भएको ठाउँमा ६१२ घरको नमुना बस्ती निर्माण गर्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल, एनआरएनए अध्यक्ष शेष घलेले  दशैँ अगाडि बस्तीको शिलान्यास गरिसकेका छन्।

वि.सं.२०७३ कात्तिक २० शनिवार ०९:०६ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...