Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

भुकम्प पीडितका लागि जापानमा संकलित रकम लाप्राक प्रोजेक्टमा खर्चिने



japanटोकियो—भूकम्पपीडित राहत तथा सहयोग समिति जापानले एनआरएनए आइसीसीले विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा ६ सय वटा घर सहितको नमुना बस्ती बनाउने परियोजनामा सघाउने भएको छ ।

गत वर्ष बैशाख १२ गते गएको महाभूकम्पबाट पीडितहरुलाई राहत, उद्वार तथा सहयोग गर्न जापानमा गठित राहत तथा सहयोग समितिले संकलित सहयोग रकमको मौज्दात गोरखाको लाप्राकमा एनआरएन आइसीसीले निर्माण गर्न लागेको ६ सय १२ वटा घर सहितको नमुना बस्ती निर्माण प्रोजेक्टमा सघाउने गरी पठाउन लागेको हो।

एनआरएन आइसीसीका उपाध्यक्षसमेत रहेका समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बिहीबार बसेको सहयोग समितिको बैठकले लाप्राक प्रोजेक्टमा सघाउने गरी मौज्दात रकम काठमाडौंस्थित एनआरएनए आइसीसी सचिवालयको खातामा पठाउने निर्णय गरेको हो।
नेपालमा महाभूकम्प गएलगत्तै एनआरएन जापानसहित जापानमा रहेका दर्जनौ संघसंस्थाहरु सम्मिलित भूकम्प पीडित राहत तथा सहयोग समिति जापान गठन भएको थियो।

एनआरएन आइसीसीका उपाध्यक्षसमेत रहेका समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बिहीबार बसेको सहयोग समितिको बैठकले लाप्राक प्रोजेक्टमा सघाउने गरी मौज्दात रकम काठमाडौंस्थित एनआरएनए आइसीसी सचिवालयको खातामा पठाउने निर्णय गरेको हो।

नेपालमा भूकम्प गएलगत्तै एनआरएन जापानको सक्रियता र यहाँका क्रियाशील बिभिन्न संघसंस्थाहरुको सहकार्यमा जापानको बिभिन्न सहर तथा रेल स्टेशनहरुमा राहत सहयोग रकम संकलन अभियान चलाईएको थियो।

सो अभियानबाट कुल ५ करोड ३० लाख १७ हजार ३४ येन संकलन भएको एनआरएन जापानका कोषाध्यक्षसमेत रहेका सहयोग समितिका सदस्य दिपक थापाले जानकारी दिए। जसमध्य तत्काल राहतका लागि एनआरएन आइसीसीको जिम्मामा ३ करोड येन नेपाल पठाईसकिएको भए पनि त्यसबाट १२ प्रतिशत रकम मात्र खर्च भएको संयोजक भट्टले बताए।

पठाएको रकमबाट नेपालमा खर्च भई बाँकी रहेको रकम र जापानमा रहेको मौज्दात रकम २ करोड ३० लाख १७ हजार ३४ येन लाप्राक प्रोजेक्टमा खर्च गर्ने गरी समितिले तत्काल रकम नेपाल पठाउने निर्णय गरेको हो। लाप्राक प्रोजेक्टमा जापानबाट पठाइएको रकमबाट निर्माण हुने घरहरुमा एन आर एन जापानको नेत्रित्वोदायी भूमिका को साथमा जापानबासी नेपाली समुदाय र जापानी नागरिकहरुको पहिचान उल्लेख गरिनेछ।

समितिले रकम संकलनमा सहयोग एवं सहकार्य गर्ने नेपाली समुदाय र जापानी नागरिकहरुमा धन्यबाद पनि ब्यक्त गरेको छ।

भूकम्पपछिको उद्धार र राहतमा प्रभावकारी भूमिका निर्वाह गरेको गैरआवासीय नेपाली संघ  (एनआरएनए) ले भूकम्पको केन्द्रविन्दू भएको ठाउँमा ६१२ घरको नमुना बस्ती निर्माण गर्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल, एनआरएनए अध्यक्ष शेष घलेले  दशैँ अगाडि बस्तीको शिलान्यास गरिसकेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले