back
CTIZAN AD

बेलायती संसद्मा ब्रेक्जीट प्रस्ताव फेरि अस्वीकृत

वि.सं.२०७५ फागुन २९ बुधवार

831 

shares

२९ फागुन, लन्डन । बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट)सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव भारी बहुमतले अस्वीकृत गरेको थियो ।

मार्च २९ मा बेलायत युरोपेली युनियनबाट औपचारिकरुपमा बाहिरिने कार्यक्रम छ । अर्थात उक्त मितिदेखि इयूका नियम बेलायतमा लागू हुने छैनन् । त्यसअघि नै इयूसँग सम्झौता गर्ने प्रधानमन्त्री मेको दोस्रो प्रस्ताव असफल भएको हो ।

मङ्गलबार राति भएको मतदानमा प्रधानमन्त्रीको प्रस्ताव ३९१–२४२ ले अस्वीकृत भयो । प्रधानमन्त्री मेले नयाँ प्रस्तावमा इयूबाट कानुनी प्रत्याभूति प्राप्त भएको भन्दै संसद्ले आफ्नो प्रस्ताव स्वीकृत हुने विश्वास व्यक्त गरेका हुन् ।

प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री मेले आफू निकै दुःखी भएको प्रतिक्रिया दिए ।

खासगरी, इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तको रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायती संसद्मा मतान्तर छ ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीच सीमा खुला राख्दा इयूका नियम बेलायतले पनि मान्नुपर्ने कानुनी जटिलता उत्पन्न हुने एकथरि सांसदको मत छ । दुबै आयरल्यान्डबीच सदियौंदेखि खुला सीमा र स्वतन्त्र आवागमन छ ।

इयूसँग सम्झौता नगरीकनै बेलायत इयूबाट बहिर्गमन हुनुपर्ने बाध्यता उत्पन्न हुँदैछ । संसदमा बिहीबार ब्रेक्जीटको समयसीमा मार्च २९ लाइ बढाएर अरू तीन महिना थप्ने कि भन्ने विषयमा फेरि मतदान हुँदैछ ।

इयूसँग कुनै किसिमको सम्झौता बेगर नै बेलायत इयूबाट बाहिरिए बेलायतको अर्थतन्त्रमा ठूलो समस्या आउने विश्लेषण गरिएको छ ।

वि.सं.२०७५ फागुन २९ बुधवार १७:०२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...