गैरआवासीय नेपाली संघको १२ औं युरोप क्षेत्रिय बैठक तथा १० औं एनआरएनए महिला सम्मेलन इटालीमा हुने भएको छ ।
अगस्त ३ र ४ गते हुने उक्त क्षेत्रिय बैठक इटालीको रोमस्थित अरजाइफ प्यालेसमा होटलमा हुने बताइएको छ ।
एनआरएनए युरोपका पदाधिकारी तथा केन्द्रीय पदाधिकारीसहितको बैठकले अगस्त ३ र ४ युरोप क्षेत्रिय बैठक आयोजना गरिएको एनअराएनए ईटालीका महासचिव छवि कंडेलले संसारन्युजलाई बताएका छन् ।
कडेलका अनुसार उक्त सम्मेलनको तयारीका लागि संघका केन्द्रीय पदाधिकारी, युरोपका एनसीसीका अध्यक्ष, उपाध्यक्ष तथा महासचिव लगायतको बैठक मार्च अन्तिममा बस्नेछ ।
उक्त बैठकमा युरोपका एनसीसी पदाधिकारी, संघका केन्द्रीय पदाधिकारी, नेपाल सरकार तथा निजी क्षेत्रको पनि उपस्थिति रहने पनि बताइएको छ ।
वि.सं.२०७५ फागुन २९ बुधवार १६:४९ मा प्रकाशित






























