back
CTIZAN AD

राष्ट्रपतिको सम्मानमा न्यूयोर्कमा स्वागत समारोह

वि.सं.२०७५ फागुन ३० बिहीवार

678 

shares

३० फागुन, काठमाडौ ।  महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग सीएसडब्ल्यू को ६३ औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भएकी थिइन् ।

संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना गरेका हुन् ।

समारोहमा न्यूयोर्कस्थित कूटनीतिक समुदाय, संयुक्त राष्ट्रसङ्घका पदाधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारी भोलि शुक्रबार अपराह्न राजधानी आइपुग्ने छिन् ।

यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बुधबार नै अधिवेशनमा मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र त्यसप्रतिको नेपालको प्रतिबद्धता प्रस्तुत गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

लैङ्गिक विभेद अन्त्यका लागि आवश्यक कानून संशोधन गरेको जानकारी दिँदै उनले दिगो विकासको लक्ष्य हासिल गर्न र महिला तथा किशोरीहरुको सशक्तीकरणका निम्ति अन्तर्राष्ट्रिय सङ्गठनहरुसँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताइन् ।

त्यसैगरी प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले बेइजिङ घोषणाको कार्यान्वयनमा शीघ्रता विषयको उच्चस्तरीय संवादमा भाग लिँदै उक्त घोषणाको अक्षरशः कार्यान्वयनमा जोड दिइन् ।

वि.सं.२०७५ फागुन ३० बिहीवार १०:११ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...