back
CTIZAN AD

म अपराधी होइन कमरेड

वि.सं.२०७५ फागुन ३० बिहीवार

705 

shares


कमरेड
झण्डा यौटै हो
दीर्घकालीन लाइन पनि यौटै हो
यौटै हो मुक्तिको सपना पनि
आज
कहाँनेर कित्ताकाट भयो तिम्रो र मेरो
आखिर जस्को रगत बगे पनि
रातै भएर रंगिने झण्डा यौटै हो
अस्ति भर्खरै हो
युद्ध मोर्चामा सँगै लढेको
यै ज्यानले हो तिमीलाई बचाएको
हो कमरेड थवाङ साक्षी छ
फेरिएको पनि छैन थवाङ
हो कमरेड
एक मुठी स्वास हुँदा सम्म
शरीरमा रगत बग्दा सम्म
लढ्न सिकाएको हजुर
ले नै हो
मैले बाटो बिराएको छैन कमरेड
बेला बेलामा सम्झिरन्छु हजुरका प्रशिक्षणहरु
म सँग सुरक्षीत नै छन् राता डायरीहरु
हो कमरेड
अझै म सँग खाराको एक बोरा खरानी बाकी छ
अझ मँ सँग होलेरीको तिर्सना बाकी छ
बाकी छन् थुप्रै सपनाहरू
मैले बिसिएको छैन प्रचण्डपथ
हजुरले
जे पढ भन्नुभयो
पढे मैले
जे गर
भन्नुभयो गरे मैले
हो हजुरबाटै सिकेको हो
मैले समाजवाद
हजुरले नै देखाएको सपना हो साम्यवाद
आज म त्यै यात्रामा छु
अनि म कसरी अपराधी भए कमरेड
म अपराधी भएँ
हजुर महाअपराधी कमरेड
आखिर हजुर चेलो हुँ म
हजुरले उमारेको बिरुवा हुँ म
यौटा मुक्तिको बिरुवा
यौटा विचारको बिरुवा
हुर्कदै हुर्कदै गरेको साम्यवादको पालुवा
म अपराधी होईन कमरेड

वि.सं.२०७५ फागुन ३० बिहीवार १७:३६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...