back
CTIZAN AD

कास्कीका सुजनलाई स्विजरल्याण्डवाट आर्थिक सहयोग

वि.सं.२०७५ चैत १ शुक्रवार

615 

shares

१ चैत, काठमाडौं । क्यान्सर रोगले पीडित भइ उपचार गराइरहेका सुजन पुनलाई स्वीजरल्याण्डका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

पर्वत जिल्ला घर भै विगत लामो समयदेखि स्विजरल्याण्डमा बस्दै आएका दल बहादुर पुनले विगत दुई बर्षदेखि क्यान्सर रोगले पीडित भै उपचार गराईरहेका सुजन पुनको उपचार लागि सहयोग जुटाएका हुन् ।

पुनको सक्रियतामा स्विजरल्याण्डमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । आर्थिक स्थिति कमजोर भएका अन्नपूर्ण गाउँपालिका कास्कीका २५ बर्षिय सुजन पुनलाई स्विजरल्याण्डमा बस्ने नेपालीहरुले ( २९०१ स्विस फ्रान्क) ३ लाख २३ हजार नेपाली रुपैयाँ रकम सहयोग गरेका हुन् ।

उक्त रकम दल बहादुर पुनकी बहिनी माया पुनमार्फत गीतकार एवं गायक कस्तुप पन्त र गायक एवं रेडियोकर्मी कृष्ण समिप सुवेदीले पीडितका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरेका हुन् ।

संकलनकर्ता दल बहादुर पुनले आर्थिक स्थिति कमजोर भएका विरामीको लागि सहयोग जुटाउनका विशेष सहयोग र भूमिका खेल्नु हुने स्विजरल्याण्ड निवासी राम कुमार महतो र गुणराज शर्मा लगायत मन खोलेर सहयोग गर्नु हुने सम्पुर्ण स्विजरल्याण्डवासी नेपाली दिदिबहिनी तथा दाजुभाइलाई आभार व्यक्त गरेका छन् ।

‘मैले गरेको सहयोगको अनुरोधलाई सहर्ष स्विकार्दै साथ दिनु भएकोमा सबै धन्यवादका पात्र हुनुहुन्छ ।’ पुनले भने ।

बिरामीका बाबु देउ बहादुर पुनले सुजन पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भै रहेको र उनको उपचारका लागि धेरै पैसा लाग्ने भएकोले र आफ्नो आर्थिक अवस्था निकै दयनिय रहेको बताउँदै सहयोग गर्न सवैलाई आग्रह गरेका छन् ।


सहयोग तथा अन्य जानकारीका लागि देउ बहादुर पुन सिभिल बैंक खाता नम्बर ०२११०१९२१०७०१ तथा फोन नम्बर ९९८१७१४४९५६ र ९८४९६५०६५२ मा सम्पर्क गर्नु पनि अनुरोध गरिएको छ ।

पुनलाई सहयोग गर्ने स्वजरल्याण्डबासीहरुमा रोधि साँझ स्वीटजरल्याण्ड १००, जुरिच परिवार १००, रामकुमार महतो ५०, गुणराज शर्मा ५०, दल पुन ५०, लोकेन राना ५०, दीर्घ श्रीस मगर ५०, बिमला बस्नेत हायोज १००, तिलक थापा ५०, तेम्पा गुरुङ ५०, शसी यादव सगुन यादव १००, सुजन मल्ल सरिन मल्ल १००, चम्पा र मार्कुस स्तुल १००, प्रेम कृष्ण भारती १००, भुमिराज गुरुङ ५०, जित पुन ५१, निराजन श्रेष्ठ ५०, शुक्र श्रेष्ठ ५०, गौरी बर्तौला ५५, मिना पुन ५०, प्रीतम गुरुङ ५०, दावा लहमु १००, खेम्जे परिवार १००, ग्याम्सो परिवार १००, पाल्देन परिवार ५५, टाशी परिवार ५०, दर्कय परिवार ५०, बुछुङ परिवार ५०, सङ्य ५०, तेन्जिङ पासाङ २५? गेल्जेन २०, उपर मुस्ताङ २००, गोन्पो परिवार २०, लोप्साङ ३०, तेन्पा सङ्पे १००, सोनम २५, शुभ एल्मार लामा १००, बिन्दु स्टाइन्मान ३०, बुद्ध थापा ५०, नारायण थापा ५०, तारा हेन्ज ४०, कमल भट्ट ५०, माधब आचार्य १००, मोनो केसी –गुट) ५० र नवाङले २५ फ्रान्क सहयोग गरेका थिए ।

वि.सं.२०७५ चैत १ शुक्रवार ०८:४५ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...