
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सत्य नारायण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
अमेरिकाको इलिनोई राज्य कमिटीको बर्तमान च्याप्टर अध्यक्ष रहेका चौधरीले २०१९–२०२१ का लागि संघको बोर्ड अफ डाइरेक्टरमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । इलिनोइ राज्यबाट यसवर्ष २ सय ६४ जना नेपालीले एनआरएनएको सदस्यता लिइएको पनि बताइएको छ ।
बिगत ४ वर्षदेखि इलिनोइ च्याप्र कमिटिमा महत्वपूर्ण योगदान गर्दै आएका चौधरीको समुहले गैरआवासीय नेपालीका लागि दुई दर्जन भन्दा बढी कामग्र्दै आएको बताइएको छ । उनले एनआरएनएको बोर्ड अफ डाइरेक्टर रहेर नेपालीका लागि अझ सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् ।
निर्वाचनका बेला उम्मेदवारले घोषणापत्रमा उल्लेख गरेका कुरामा भन्दा पनि उसले नेपाली समाजका लागि विगतमा गरेका कामहरुको मूल्यांकन गर्नुपर्ने बताउने चौधरीले संस्थाको सुदृढिकरणका लागि च्याप्टरहरुलाई सशक्त बनाउने पनि बताउँदै आएका छन् ।
अमेरिकीका प्रतिष्ठित विश्वविद्यालयबाट तीनवटा विषयमा मास्टर्स डिग्री गरेका चौधरी हाल विश्वविख्यात नर्थ वेस्टर्न विश्वविद्यालयको फाइन्वर्ग स्कूल अफ मेडिसिनमा क्लिनिकल रिर्सच एसोसिएटको रुपमा कार्यरत छन् । चौधरीले हेल्थकेयर म्यानेजमेन्ट एवं लिडरसिप विषयमा विद्यावारिधी गर्दै छन् ।
वि.सं.२०७५ चैत १ शुक्रवार १३:३७ मा प्रकाशित






























