back
CTIZAN AD

४० लाख लगानीमा पाँच युवाले खोले झापामा ‘चिकेन स्टेशन’

वि.सं.२०७५ चैत २ शनिवार

666 

shares

२ चैत, विर्तामोड । कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका हुन् ।

कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्केको सञ्चालकमध्येका मदनले जानकारी दिए ।  मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेशन’ पूर्वमा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले बिर्तामोडमा शाखा विस्तार गरेको उनले बताए ।

“वैशाखभित्रमा दमक र बेलबारीमा पनि सञ्चालन आउने छ”, उनले भने, “तीनवटै स्थानमा स्टेशन सञ्चालन गर्न रु एक करोड २० लाख खर्च लाग्ने छ ।” केएफसी खानकै लागि झापाबाट धेरै मानिस भारतको सिलिगुढी जाने गरेका उल्लेख गर्दै उनले चिकेन स्टेशन खुलेसँगै अब सिलिगुढी धाउनु नपर्ने बताए ।

चिकेन स्टेशनमा ३० वटाभन्दा बढी प्रकारका कुखुराको परिकार पाइने अर्का सञ्चालक नगेनले बताए  । स्टेशन परिसरमा धुम्रपान तथा मध्यपान प्रतिबन्ध गरिएको छ । हाल यहाँ नौ जनाले रोजगारीसमेत पाएका छन् भने तीन वटै स्थानमा सञ्चालनमा आएपछि करीब ४० जनाले रोजगारी पाउने सञ्चालक बिन्दुले बताए ।

वि.सं.२०७५ चैत २ शनिवार १७:३६ मा प्रकाशित

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...