
मगर संघ अमेरिकाको आयोजनामा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई न्यूयोर्कमा भव्य स्वागत गरिने भएको छ ।
संयुत्त राष्ट्र संघको न्युयोर्कमा संचालन भईरहेको कमिसन अन द स्टाटस अफ वुमन (सिएसडब्लु) को ६३ औं महासभामा सहभागी हुन अमेरिका पुगेकी मन्त्री थापालाई भव्य स्वागत गरिने मगर संघ अमेरिकाका केन्द्रीय अध्यक्ष कुलदीप राना मगरले संसारन्यूजलाई बताएका छन् ।
न्यूयोर्कको ज्याक्सन हाइट्स (७४–१४ ३७ एभेन्यु) मा १७ मार्च (आइतबार) दिनको २ बजेदेखि ४ बजेसम्म स्वागत कार्यक्रमको आयोजना गरिएको पनि मगरले बताएका छन् ।
वि.सं.२०७५ चैत २ शनिवार १७:५८ मा प्रकाशित






























