
अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस IELTS परिक्षाको शुल्कको भुक्तानी अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ ।
अनलाइन भुक्तानीसम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भएको हो ।
कार्यक्रममा बोल्दै आईडीपी आईईएलटिएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले क्ष्भ्ीत्क् परिक्षाथीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन पक्रियामा सहजता ल्याउने विस्वास व्यक्र गरेका छन् ।
बिश्वभरिका ६० वटा भन्दा धेरै देशहरुमा आईईएलटिएस परिक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा, चितवन, बुटवल, बिराटनगर र बिर्तामोडमा परिक्षा सन्चालन गर्दछ । १९,५०० रुपैयाँ परिक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेको पनि कम्पनीले बताएको छ ।
इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने पनि ई–सेवाले जनाएको छ ।
वि.सं.२०७५ चैत ३ आइतवार १२:४७ मा प्रकाशित






























