५ चैत, काठमाडौ । ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सन्चालकहरु कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाएर भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन् ।
किस्टका केही विद्यार्थी एवं नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार सन्चालकमध्येका आशिष थापा, कानुनी सल्लाहकर केशवराज आचार्य, शैक्षिक कार्यक्रम संयोजक किशोरमानसिंह बस्नेतले अतिरिक्त रकमका लागि विद्यार्थीसँग मोलमोलाइ गर्छन् । उनीहरुले कलेजले लिन पाउने शुल्क खातामै जम्मा गर्न लगाउँछन् भने अतिरिक्त शुल्क निजी खातामा राख्न निर्देशन दिन्छन् । कतिपय अवस्थामा नगद कारोबारसमेत हुने गरेको स्रोतले बतायो ।
काउन्सिलका एक सदस्यले आचार्य, थापा एवं बस्नेतको नाम किटानी गरेर उजुरी परेको बताए । मंगलबारको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र सुदीप कैनीले लेखेका छन् ।
वि.सं.२०७५ चैत ५ मंगलवार ०७:१७ मा प्रकाशित






























