५ चैत, चितवन । कात्तिक, मंसिर र माघमा गरी टिकौली जंगलको राजमार्ग क्षेत्रमा ३ वटा भाले चित्तल मरे । फागुनमा एउटा पोथी चित्तल मर्यो । चारवटै चित्तल गाडीको ठक्करले मरेका हुन् । कुनै पनि गाडीलाई प्रशासनले नियन्त्रणमा लिन सकेन । यसका साथै जंगलबीचमा गाडी रोकेर दिसाबपिसाब गर्ने र सडक किनारमा फोहोर फाल्ने क्रम बढेको छ ।
पहिले १६ लाख खर्चिएर राखिएका सीसी क्यामेर बिग्रिएर थन्किएका छन् । गाडीको ठक्करले जनावरहरु मर्न र फोहोर बढ्न थालेपछि साढे दुई वर्षअघि ०७३ सालको असारका चितवन राष्ट्रिय निकुन्जको सक्रियतामा सीसी क्यामेराहरु जडान भएका थिए । विश्व वन्यजन्तु कोषको तराई भूपरिधि कार्यक्रमको सहयोगमा १० वटा सीसी क्यामेरा जडान गरिएको जानकारी भरतपुरको डिभिजन वन कार्यलयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । मंगलबारको कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले लेखेका छन् ।
वि.सं.२०७५ चैत ५ मंगलवार ०७:३७ मा प्रकाशित





























