back
CTIZAN AD

घात र अन्तर्घातका बिच चुनावी चटारोमा वकिलहरु

वि.सं.२०७५ चैत ५ मंगलवार

762 

shares

५ चैत, काठमाडौ । वकिल भेट्न कहाँ जानु पर्ला ? तपाईले सहज उत्तर दिनुहुन्छ वकिल भेट्न अदालत वा ल च्याम्बर गए भइहाल्यो नी ! तपाईले वकिल भेटीने अर्को स्थान पनि अनुमान लगाइहाल्नु हुनेछ- त्यो हो बार कार्यालय । तर अहिले वकिल न त अदालतमा भेटीन्छन्, न त ल च्याम्बरमै । न भेटिन्छन् बार कार्यालयमा । त्यसो भए वकिल कहाँ भेटिन्छन् त ? अहिले वकिल भेटीने ठाउँ हो, चुनावी मैदान । त्यहाँ नभेटिए पार्टी प्यालेस र सन्चारमाध्यमका कार्यालयमा वकिल भेट्न सकिन्छ । वकिल अदालतमा नभेटिएर किन सन्चारमाध्यमका कार्यालयमा भेटिन्छन् ? अनि ल च्याम्बरमा नभेटिने वकिल किन पार्टी प्यालेसमा भेटिन्छन् ? यसको सहज उत्तर हो अहिले वकिलहरुलाई चुनाव लागेको छ । कूल १७ हजार भन्दा बढि लाइसेन्स पाएका वकिल देशमा रहेपनि बारको चुनावका लागि जम्मा १० हजार ३ सय १३ वकिल मात्रै मतदाताको रुपमा रहेका छन् । यिनै मतदाता रीझाउन उमेदवार वकिलहरु अहिले घर दैलो र भेटघाटमा व्यस्त छन् ।

प्रतिस्पर्धामा दुई समुह

चैत १६ गते देशै भरीका मतदाता वकिलहरुले वामपन्थी समुह र गैर वामपन्थी समुहका दुइ प्यानल मध्ये आफुलाई मन परेको कुनै प्यानल वा उमेदवारलाई मतदान गर्ने छन् । उक्त निर्वाचनका लागि सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीले प्रगतीशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समुह भनेर वरीष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा आफ्नो टिम अगाडी सारेको छ । यस्तै मुख्य विपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधित्व बृहद लोकतान्त्रीक समुहका अधिवक्ता सुनिल कूमार पोखरेलले गरेका छन् ।

वरीष्ठ अधिवक्ता श्रेष्ठलाई नेकपा समर्थीत कानुन व्यवसायीहरु, प्रतिबन्धीत विप्लव समुह सर्मर्थीत कानुन व्यवसायी र स्वतन्त्र आदीवासी जनजाती कानुन व्यवसायीले समर्थन गरेका छन् । यसै गरी अधिवक्ता पोखरेललाई मुख्य विपक्षी दल नेपाली कांग्रेस र तराई केन्द्रीत दल समर्थीत कानुन व्यवसायीहरुको समर्थन रहेको छ ।

खासै विविधता छैन एजन्डामा

प्रगतीशील,पेशागत र समावेशी समुह लोकतान्त्रीक समुह भनेर चुनावी मैदानमा उत्रिए पनि दुवै समुहका एजेन्डामा तात्वीक फरक भने देखिदैन । चण्डेश्वर श्रेष्ठले नेतृत्व गरेको प्रगतीशील समुहले बारलाई व्यवसायीक वकिलहरुको साझा चौतारी बनाउने एजेन्डा अगाडी सारेको छ । सुनिल पोखरेलको समुहले पनि बारलाई प्राज्ञीक विमर्स गर्ने स्थल बनाउने धारणा अगाडी सारेको छ ।
दुवै समुहले न्यायीक स्वतन्त्रता र संविधान वादका एजेन्डालाई चुनावमा उठाएका छन् । दुवै समुहले स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका निर्माणलाई महत्व दिएका छन् ।

२०१३ साल पुष २७ गते स्थापना भएको बारको आसन्न निर्वाचन २५ औ निर्वाचन हो । चुनावमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र दिपकराज जोशीका समेत मुद्धा उठेका छन् । प्रगतीशील समुहले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइदा बारले खेलेकोे भुमीकाको आलोचना गरेको छ । लोकतान्त्रीक समुहले दिपकराज जोशी प्रकरणबाट न्यायालय थलीदाँ वामपन्थी वकिलहरुको भुमीका संकास्पद रहेको बताएको छ ।
आसङका अन्तर्घातको

देखिने गरी बारमा दुइ समुह चुनावी मैदानमा छन् । तर भीत्र धीत्रै उम्रीएका उपसमुहले आफ्नै समुहका लागि घात गर्ने चलन बारमा नयाँ होइन । यसपालिको निर्वाचनमा पनि दुवै समुह घात अन्तर्घातको चपेटाबाट मुक्त नरहेको वकिलहरुले स्वीकार गरेका छन् ।

प्रगतीशील समुहका मास्टर प्रचारक रहेका अधिवक्ता टिका बहादुर कँुवर भने यसपाली आफ्नो समुहको विजय सुनिश्चीत रहेको बताउँछन् । उनी भन्दछन् हाम्रो चुनावी प्रचार ठुलो ग्यापका लागि मात्रै हो ।

लोकतान्त्रीक समुह पनि न्यायीक सुद्धता र स्वतन्त्रताको लागि आफुले जित्ने दाबी गर्दछ । न्यायपालिकामा बढ्दै गएको सरकारी हस्तक्षेप कम गर्न पनि प्राज्ञीक वकिलहरुले आफ्नो समुहलाई मत दिने उक्त समुहका सदस्य पदका उमेदवार रमेश ढकालको दाबी छ ।

वि.सं.२०७५ चैत ५ मंगलवार १३:५७ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...