back
CTIZAN AD

भ्रममा नपर्न सेनाको अनुरोध, नेपाली सेना आधारभूत मान्यतामा अडिग

वि.सं.२०७५ चैत ७ बिहीवार

723 

shares

६ चैत्र, काठमाडौ । नेपाली सेनाले विगत केही दिनदेखि सैनिक श्रोतको हवला दिँदै सञ्चारमाध्यममा आएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको जनसम्र्क तथा सचूना निर्देशनालय जङ्गी अड्डाले प्रेस विज्ञप्ती जारी गर्दै आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न टिकाटिप्पणी भ्रामक र कपोलकल्पित भएको भन्दै त्यस्ता समाचारप्रति सेनाको ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा ‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको जनाउँदै त्यस्ता समाचारहरुबाट भ्रममा नपर्न आग्रह गर्दछ’, भनिएको छ ।

साथै नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग रहेको उल्लेख गर्दै सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको विज्ञप्तीमा बताइएको छ ।

वि.सं.२०७५ चैत ७ बिहीवार १६:१३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...