८ चैत, काठमाडौ । रोजगार अनुमति प्रणाली ईपीएस को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन् । कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो ।
भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोरिया जान पाउने गरेका छैनन् । परीक्षा छनोटको आधारमात्रै बनेको छ । कोरियाले हरेक वर्ष कोटा निर्धारण गर्छ । त्यसैअनुसार भाष परीक्षामा उत्तीर्ण हुनेको नामावली प्रकाशन हुँदै आएको छ । कामदार आफैले पनि रोजगारदाता छनोट गर्न पाउँदैनन् । शुक्रबारको कान्तिपुर दैनिकमा होम कार्काीले लेखेका छन् ।
वि.सं.२०७५ चैत ८ शुक्रवार ०७:१८ मा प्रकाशित






























