back
CTIZAN AD

निडर र निष्पक्ष बारका लागि प्रगतिशिल प्यानल

वि.सं.२०७५ चैत ८ शुक्रवार

588 

shares

चैत १६ नेपालका कानुन व्यवसायीहरुको लागि विशेष दिन हो । यो दिन, नेपालका कानुन व्यवसायी मित्रहरुको भाग्य र भविष्य सँग जोडिएको छ । यस दिन हामिले गर्ने निर्णयले कानुन व्यवसाय र समग्र न्याय क्षेत्रमा गम्भीर प्रभाव पार्ने पक्का छ ।

नेपालको संविधानले परीकल्पना गरेको स्वतन्त्र, सक्षम, निस्पक्ष र उत्तरदायी न्यायपालिकाको प्रर्वधनका निम्ती मतदान गर्ने वा हिजका दिनमा बारको नेतृत्वले गरेका कमजोरी र गल्तीलाई निरन्तरता दिने भन्ने निर्णय गर्ने दिन चैत १६ गते हो । प्रगतिशिल, पेसागत तथा समावेशी समुह पहिलो कामका लागि परीचित प्यानल हो । यस प्यानलले कानुन व्यवसायीहरुको दक्षता अभिवृद्धिका लागि आफ्नो अभीयान सन्चालन गरेको छ । यस प्यानलको उद्धेश्य कानुन व्यवसायी दक्ष भएमात्रै कानुन व्यवसाय र व्यवसायी सम्मानीत र मर्यादीत हुन्छन् भन्ने रहेको छ ।

पछिल्लो समय नेपाल बारको गती अत्यन्तै कमजोर भएको छ । देश संघीय संरचनामा गएको ४ वर्ष भयो । सोही आधारमा देहमा विभिन्न तहका निर्वाचन भएको पनि साढे एक वर्ष भइसक्यो । तर देशमा स्वच्छ, निष्पक्ष र जवाफदेही शासन प्रणालीको लागि लडिरहने संस्था नेपाल बार संवीधान बमोजीम संघीय संरचनामा जान सकेको छैन । बारको पुर्नसंरचना अहिलेको आवश्यकता हो र यसका लागि पनि तमाम विद्वान अधिवक्ता मित्रहरुको प्रगतिशिल प्यानललाईनै मतदान गर्ने छन् । यस बाहेक संवैधानीक अभ्यास र राष्ट्रिय सरोकारका विषयमा बारको वर्तमान नेतृत्वले विराएको बाटो सच्याउनु अहिलेको आवश्यकता हो । न्यायपालिकालाई योजनावद्ध तरीकाले कुनै अमुक दलको भातृ संस्था बनाउन खोज्ने वर्तमान बार नेतृत्वको विकल्प नखोज्ने हो भने भविष्यमा बारको निष्ठा र नैतिक धरातल गुम्ने पक्का छ । वर्तमान बार नेतृत्व र उसैको भरण पोषण गर्न विपक्षी प्यानलबाट यसको अपेक्षा गर्न सकिदैन ।
यसको उच्चतम विकल्प वरीष्ठ अभिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वको वौद्धिक,समावेशी र युवा कानुन व्यवसायीहरुकोे प्यानलबाट मात्रै सम्भव छ । मलाई पनि यस्तो शसक्त प्यानलको उपाध्यक्ष पदको उमेदवार हुन पाएकोमा अत्यन्तै गर्व लागेको छ ।

चण्डेश्वर श्रेष्ठले नेतृत्व गर्नुभएको समुह अनुभवी निष्ठावान र नवोदित वकिलको समुह हो । यो सबभन्दा समावेशी छ । सबभन्दा बढि अध्ययनशील समुह पनि रहेको छ । जति अध्ययनशील र वौद्धीक यो समुह छ, त्यति नै सबै हिसाबले समावेशी समेत यही समुह रहेको छ ।

यो प्यानललाई कानुन व्यवसायीहरुले आफ्नो व्यवसायीक क्षमता अभिवृद्धि र सुरक्षका लागि मत दिने छन् । देशलाई संकट परेको बेला देशका लागि सबैभन्दा पहिले आवाज उठाउने संस्था बनाउनका लागि आम वकिल मित्रहरुले यस प्यानललाई मत दिने छन् ।  (लेखक उपाध्यक्ष पदका उमेदवार हुन )

वि.सं.२०७५ चैत ८ शुक्रवार १३:३० मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...