back
CTIZAN AD

रूस-नेपाल : मित्रताको बाटोमा

वि.सं.२०७५ चैत ८ शुक्रवार

648 

shares


मास्को, १८ मार्च २०१९ (सोमवार) । रूसको राजधानीस्थित राष्ट्रिय जनजाति भवनमा ‘रूस-नेपाल : मित्रताको बाटोमा’ भन्ने विषयवस्तुमा गोलमेच सम्मेलन सुसम्पन्न भयो । त्यसमा विशेष अतिथिको रूपमा मास्कोसिथ्त नेपाली राजदूतावासका उपनिकाय प्रमुख खीमानन्द भुसालको उपस्थिति रहेको थियो ।

गोलमेच सम्मेलनका आयोजकको तर्फबाट रूस-नेपाल सहयोग तथा र्मैत्री समाजको संरक्षक परिषदका उपाध्यक्ष एभ्गेनी कोजोरेजोभले सम्मेलनमा उपस्थित सबैको हार्दिक स्वागत गर्दै गतः वर्षको अन्त्यतिर नेपालको राजधानीको उत्तर(पूर्वस्थित नगरकोटमा रूसका जनकवि रासुल हाम्जातोभको प्रतिमा स्थापनाबाट रूस-नेपाल सम्बन्धको विकासमा नयाँ फड्कोका लागि उत्प्रेरणा प्राप्त भएको छ भन्नुहुँदै उक्त प्रतिमा अनावरणको अनुभूतिबारे संक्षेपमा प्रकाश पार्नुभयो ।

मास्कोमा ‘रूस-नेपाल : मित्रताको बाटो’ विषयक गोलमेच सम्मेलनको आयोजनाका लागि धन्यवाद ज्ञापन गर्दै विशेष अतिथिको आसनबाट खीमानन्द भुसालज्यूले नेपाली राजदूत ऋषिराम घिमिरेज्यू उपस्थित हुन नसक्नु भएको जनाउ दिंदै रूस र नेपालबीच दौत्यसम्बन्ध स्थापना कालदेखि नै सुमधुर सम्बन्ध रहिआएको र सोभियत संघले नेपालको भौतिक विकास तथा बौद्धिक विशेषज्ञहरूको तैयारीमा पुर्याएको योगदान नेपालीहरूले कहिल्यै बिर्सने छैनन् भनी जोड दिनुभयो र वर्तमान समयमा आर्थिक क्षेत्रमा पहिलेको तुलनामा केही ह्रास देखिए तापनि दुर्इपक्षीय र अन्तर्राष्ट्रिय फोरुमहरूमा रूस र नेपालको स्थिति समान रहँदै आएको तथ्यको उल्लेख गर्नुभयो । उहाँले विकासको आधार निर्माण, पर्यटन, जलस्रोत, राष्ट्रिय विशेषज्ञहरूको तैयारी र लगानीको क्षेत्रमा रूस र नेपालबीच सहयोगको व्यापक सम्भाव्यता रहेको जनाउनुहुँदै रूस-नेपाल सहयोग तथा मैत्री समाज तथा गैरआवासीय नेपाली संघ रसियाले जनस्तरबाट दुई देशबीच मैत्री सम्बन्धको विकासमा गहकिलो योगदान पुर्याइरहेको चर्चा गर्नुभयो ।

दागेस्तानी कवि रासुल हाम्जातोभको प्रतिमा अनावरण कार्यक्रममा भाग लिन नेपाल पुग्नुभएका दानेस्तानका विश्वविख्यात जनकविका भतीजा, रूस महासंघका राष्ट्रपतिअन्तर्गत दागेस्तान गणतन्त्रको स्थायी प्रतिनिधिका प्रथम सहायक गाम्जात गाम्जातोभले नेपाल र दागेस्तानको पहाड मात्र उस्तै नभई मानिसहरूको मनोभावना समेत समान रहेको जनाउँदै नेपालमा पाइएको आतिथ्यसत्कारको प्रशंसा गर्नुभयो । दागेस्तानको स्थायी प्रतिनिधिका सहायक हाजिमुरात काज्लाएभले कार्यभारले गर्दा आफूलाई नेपालको यात्रा गर्ने अवसर नमिले तापनि भविष्यमा अवश्य नेपाल पुग्ने चाहना व्यक्त गर्नुहुँदै तीनपल्ट नेपालको यात्रा गरेर नेपालबारे दुई काव्यकृति र अन्य कविताका रचयिता कवि रासुल हाम्जातोभको प्रतिमा स्थापना गरिनु दागेस्तानवासीहरूका लागि विशेष गर्वको कुरा हो भन्नुभयो र रूसको राजधानीमा पनि ५ वर्षअघि मास्कोमा दागेस्तानी कवि रासुल हाम्जातोभको सालिकको अनावरण रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबाट गरिएको स्मरण गर्नुभयो ।

नेपालका लागि रूसका पूर्वराजदूत (सन् २०१०-२०१५) सेर्गेइ भेलिच्किनले आफ्नो सारगर्भित मन्तव्यमा रूस र नेपालबीच सम्बन्धको विविध पक्ष्यको सन्दर्भमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिको विवेचना र बुद्धको देशका जनताको शान्तिप्रिय चरित्रको सुपरिणामको ज्वलन्त उदाहरणसहित नेपालबारे आफ्नो गहन अध्ययनको सारसंक्षेप नै प्रस्तुत गर्नुभएको थियो र दुवै देशको वैचारिक साम्यता नै भावी सम्बन्ध विकासको मूलाधार हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

रूस-नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले नेपालमा छिटै प्रथम अन्तरिक्षयात्री युरी गागारिनको प्रतिमा स्थापना गरिनुका साथै बुद्धको जन्मस्थल लुम्बिनीमा रूसको बौद्धमन्दिर निर्माणार्थ तैयारी कार्य भइरहेको सूचित गर्नुभयो भने यसै समाजकी सदस्या ताच्याना उबुशाएभाले आउँदो जुलाई महीनामा मास्कोमा नेपाली मेलाको आयोजना गरिने सूचना प्रवाहित गर्नुभएको थियो ।

गोलमेच सम्मेलनमा काल्मिकिया गणतन्त्रका स्थायी प्रतिनिधिका सल्लाहकार भालेरी कोशाएभ, रूसको सामाजिक सदनका सदस्य एवं फार्मरहरूको संघका अध्यक्ष अलेक्सान्द्र सिपुलिन, प्रतिमा अनावरण समारोहको अवसरमा नेपालको यात्रा गर्ने दागेस्तानकी नृतकी रुभाएत लातिनोभा, रूस-नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष दीनानाथ राजभण्डारी, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष शिव भुर्तेलले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । दीनानाथ राजभण्डारी तथा शिव भुर्तेललाई रूस-नेपाल सहयोग विकास परियोजनाहरूको कार्यान्वयनमा विशेष योगदानका लागि रूस-नेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।

दागेस्तानी जनकवि रासुल हाम्जातोभको नेपालविषयक काव्य ‘जीवनचक्र’ र’जीवित देवी कुमारी’ को नेपाली भाषामा अनुवादकर्ता यस पंक्तिकारलाई पनि गोलमेच सम्मेलनमा दुई शब्द राख्ने मौका दिइएको हुँदा मैले रासुल हाम्जातोभसंग आफ्नो छोटो तर प्रभावोत्पादक भेटको अनुभूति र मास्को राजकीय विश्वविद्यालयमा अध्ययनको क्रममा क्रास्नोदार शहरमा ‘कम्सामोलेत्स कुबानी’ नामक समाचारपत्रमा रूसी भाषामा आफ्ना पहिला लेखहरू प्रकाशित भएको संस्मरण सुनाउँदै नेपालमा रूसी महाकवि अलेक्सान्द्र पुश्किन तथा दागेस्तानी जनकवि रासुल हाम्जातोभको प्रतिमा र रूसमा पनि आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थापित भएझैं कुनै दिन रूसमा नेपालविद्याका जनक एवं नेपालको यात्रा गर्ने पहिला रूसी व्यक्ति इभान मिनाएभको र रूसमा चाहिं नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा स्थापना हुने सपना पनि साकार हुनेछ भन्ने आशा व्यक्त गरेको थिएँ ।

गोलमेच सम्मेलनको आयोजना गरिएको ‘राष्ट्रिय जनजाति भवनु स्थित पुस्तकालयका लागि एभ्गेनी कोजोरेजोभले रासुल हाम्जातोभका नेपालविषयक काव्यकृतिहरूको त्रैभाषिक सचित्र ग्रन्थ दुई देवताप्रतिु तथा एभ्गेनी एवं इभान कोजोरेजोभ पितापुत्रको संयुक्त सचित्र अल्बम-पुस्तक ‘हिमालयको आकर्षण : सगरमाथा ! हस्तान्तरण गनुभयो भने मैले पनि नेपालको साहित्य र संस्कृति विषयक रूसी भाषामा पछिल्लो समयमा प्रकाशित पुस्तकहरूमध्ये ‘नेपाली कविता कुञ्जु,’लोक्को गरूँ हित् भनी’ ‘साहित्य र स्रष्टाु’र ‘गोनुझाका कथाकुथुङ्ग्री’ प्रदान गरेको थिएँ ।

यसरी सौहार्दपूर्ण वातावरणमा रूस-नेपाल सम्बन्धको अतीत, वर्तमान र भविष्यबारे विचारको आदानप्रदान गरिएको गोलमेच सम्मेलनको विर्सजन पश्चात् फुर्सेटको समयमा पनि निकै वेरसम्म भावी योजनाहरूबारे पारस्परिक कुराकानी र भलाकुसारी जारी रहेको थियो ।
२१ मार्च २०१९,
मास्को, रूस महासंघ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार १२:४७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...