Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

आन्दोलनसँग टाढा नरहने लिलामणिको प्रतिबद्धता



astaja-awarded-the-lilamani-2२२ कार्तिक, काठमाडौँ। पूर्व मुख्य सचिव तथा चीनका लागि नवनियुक्त राजदूत लिलामणि पौडेलले अष्ट ज अभियान नेपाल र यसले बढाएको आन्दोलनसँग आफू निरन्तर सँगै रहने प्रतिबद्धता जनाएका छन् ।
astaja-awarded-the-lilamani-1

अष्ट ज अभियान नेपालको केन्द्रीय कार्यालय धोबिधारा काठमाडौमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अष्ट ज अभियानका सल्लाहकार संयोजक समेत रहेका पौडेलले भने “मलाई अलिकति अप्ठ्यारो महशुस पनि भएको छ, यो अभियानका अभियन्ता मित्रहरुसँग केही समय भौतिक रुपमा सँगै हुन नपाए पनि उत्पादन, आत्मनिर्भर, स्वाधीनता र समृद्धिको साझा नेपाली सपना सम्प्रेषण गर्ने काममा जोडिरहने छु । बाग्मती सफाई अभियान, एनसेल कर भुक्तानी लगायत विकृतिका लडाईमा अग्रणी भूमिका खेलेका पौडेलले भने ‘बेथितिका विरुद्ध म चुप बस्न सक्दिन, राष्ट्रले आवश्यकताबोध गरेको बेलामा अलिकति फरक भूमिका मात्र लिएको हुँ, किसानका समस्या र पीडा अन्त्यका लागि म निरन्तर सक्रिय हुनेछु, चिन्ता नलिनु होला ।”
अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष रुद्र शर्मा, महासचिव निलकण्ठ तिवारी, अभियन्ता प्रा.डा उद्धवराज खड्का लगायतले लिलामणिले पारेको प्रभाव र अपेक्षाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी