back
CTIZAN AD

आन्दोलनसँग टाढा नरहने लिलामणिको प्रतिबद्धता

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.4K 

shares

astaja-awarded-the-lilamani-2२२ कार्तिक, काठमाडौँ। पूर्व मुख्य सचिव तथा चीनका लागि नवनियुक्त राजदूत लिलामणि पौडेलले अष्ट ज अभियान नेपाल र यसले बढाएको आन्दोलनसँग आफू निरन्तर सँगै रहने प्रतिबद्धता जनाएका छन् ।
astaja-awarded-the-lilamani-1

अष्ट ज अभियान नेपालको केन्द्रीय कार्यालय धोबिधारा काठमाडौमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अष्ट ज अभियानका सल्लाहकार संयोजक समेत रहेका पौडेलले भने “मलाई अलिकति अप्ठ्यारो महशुस पनि भएको छ, यो अभियानका अभियन्ता मित्रहरुसँग केही समय भौतिक रुपमा सँगै हुन नपाए पनि उत्पादन, आत्मनिर्भर, स्वाधीनता र समृद्धिको साझा नेपाली सपना सम्प्रेषण गर्ने काममा जोडिरहने छु । बाग्मती सफाई अभियान, एनसेल कर भुक्तानी लगायत विकृतिका लडाईमा अग्रणी भूमिका खेलेका पौडेलले भने ‘बेथितिका विरुद्ध म चुप बस्न सक्दिन, राष्ट्रले आवश्यकताबोध गरेको बेलामा अलिकति फरक भूमिका मात्र लिएको हुँ, किसानका समस्या र पीडा अन्त्यका लागि म निरन्तर सक्रिय हुनेछु, चिन्ता नलिनु होला ।”
अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष रुद्र शर्मा, महासचिव निलकण्ठ तिवारी, अभियन्ता प्रा.डा उद्धवराज खड्का लगायतले लिलामणिले पारेको प्रभाव र अपेक्षाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०४:१९ मा प्रकाशित

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...