back
CTIZAN AD

भुकम्पपीडित दृस्टिबिहिन बालबालिका सहयोगार्थ बहराइनमा सास्कृतिक कार्यक्रम सम्पन्न

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.1K 

shares

baharin-cultural-programme-2073-1

६ नोभेम्बर
गएको नोभेम्बर ४ शुक्रबार का दिन मानमा स्थित डेल्मोन इन्टरनेसनल होटलमा अन्तराष्ट्रिय कलाकार मन्च बहराईनले आयोजनामा “तिहार विशेष देउसी भैलो तथा साङ्गीतीक साँझ २०१६” कार्यक्रम सम्पन्न भएको छ ।
सास्कृतिक कार्यक्रम मा नेपालबाट आमन्त्रित कलाकार हरु लोक तथा आधुनिक गायिका जसोधा सुब्बा तथा पप तथा आधुनिक गायिका जुना प्रसाईं सँगै बहराइनका स्थानीय नेपाली कलाकारहरुले समेत बेजोड प्रस्तुति पस्केका थिए ।

गायिका जसोधा सुब्बाले आफ्नै गीत “सबैको नजर मै तिर।।।” लागयत प्रस्तुत गरेकिथिन भने जुना प्रसाइ ले आफ्नै भईली गीत लगायत प्रस्तुत गरेकी थिन । त्यस्तै कार्यक्रममा कलाकार मन्चका कलाकारहरु तथा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज, मगर संघ तमु समाज, किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा लगायतले आफ्नो मौलिक पहिचान संस्क्रिती झल्कने गीत तथा न्रित्य प्रस्तुत गरेका थिए ।
कलाकार मन्च का अध्यक्ष प्रकाश पाठक को अध्यक्षतामा महासचिव अरुण क्षेत्री र ईन्दिरा क्षेत्रीले संचालन गरेको कार्यक्रममा नेपाली क्लबका मानर्थ गम गुरुङ प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमका स्पोन्सरहरु, सामाजिक संघसस्थाहरु राजनैतिक संगठनका प्रतिनिधिहरु पत्रकार, ब्यवसायी हरु अतिथी रहेका थिए ।

baharin-cultural-programme-2073-2त्यस्तै स्वागत मन्तब्य मन्चका उपाध्यक्ष धन लामा राखेका थिए । साथै प्रमुख अतिथी गमा गुरुङ तथा नेप्लिज वेलफेयर सोसाइटीका कोषाध्यक्ष हिमाल घिमिरेले शुभकामना मन्तब्य दिएका थिए ।

गतवर्षको महाबिनाशकारी भूकम्पबाट आवास गुमाएका जिल्ला नुवाकोट तुप्चे २ अक्करेका दृष्टिबिहीन बालबालिकाहरुका लागि सहयोगार्थ भएको सास्कृतिक कार्यक्रम लाई नेप्लिज वेलफेयर सोसाइटी बहराइन र लालीगुरांस सेवा समाजको बिशेस सहयोग तथा सहकार्य गरेको थियो । त्यस्तै मुख्य प्रायोजक भिभा बहराईन रहेको थियो ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०४:०६ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...