१३ चैत, काठमाडौं । दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ चैत देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।
धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सिमित हुने विमानस्थलका प्रवक्ता प्रताव वावु तिवारीले बताएका छन् ।
मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ देखि राति १० बजेसम्म मात्र खुल्ला रहनेछ । अहिले बिहान ३ बजेसम्म विमानस्थल सञ्चालनमा आएको छ ।
तीन महिनासम्म पिच मर्मत हुने
विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ ।
हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग पिच मर्मत हुनेछ । सो अवधिभित्र अहिले भइरहेको पिचको निश्चित भाग भत्काइने र नयाँ पिच राखेर विहान उडान सञ्चालन योग्य बनाइनेछ । बुधबारको नयाँपत्रिका दैनिकमा दिवकार पन्तले लेखेका छन् ।
वि.सं.२०७५ चैत १३ बुधवार ०८:०० मा प्रकाशित






























