
१३ चैत, काठमाडौं । अमेरिकाको चर्चित न्यूइङ्ल्याण्ड अमेरिकी फुटवल टिम पेट्रियट्सका ७७ वर्षीय मालिक रर्वट क्राफ्ट यौन काण्डमा मुछिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हितैषी समेत मानिएका क्राफ्टले गत जनवरीको तेश्रो साता मसाज सेन्टरका दुई महिलासँग यौन समागम गरेको भिडियो बाहिरीएपछि उनले हाल अमेरिकी जनतासँग माफी समेत मागेका छन् ।
चाइनिज युवतीको संचालनमा रहेको फ्लोरिडाको जुपिटर मसाज सेन्टरमा क्राफ्ट आफूसहित २५ जना भएर मसाजका लागि गएका थिए । त्यहाँ उनले दुई महिलासँग समागम गरेको भिडियो सार्वजनिक भएको प्रहरीले दावी गरेको छ ।
जनवरीमा उक्त घटना भएपछि मौन रहेका क्राफ्ट शनिवार उक्त कुराको पुष्टि गर्दै अमेरिकी जनतासँग माफी मागेका हुन् । उनीविरुद्ध त्यहाँको सरकारी वकिलले मुद्दा दायर गर्ने तयारी गरेको छ ।
अमेरिकाको मसाज सेन्टरमा पैसा लेनदेन गरेर वेश्यावृत्ति गर्नुलाई अवैध तथा ठूलो अपराध मानिन्छ । प्रहरीले उक्त मसाज सेन्टरबाट झण्डै २ लाख डलर फेला पारेको पनि ऐजेन्सीले जनाएको छ ।
न्यू इङल्याण्ड क्षेत्रका प्रशिद्ध व्यापारी तथा न्यू इङल्याण्डको रिभुलेसन सकर टिमका मालिक समेत रहेका क्राफ्ट ६ अर्ब डलर बढी सम्पत्तिका मालिक समेत हुन् । मसाज गर्न गएको उक्त २५ जनाकोे समुहमा समकालिन अर्वपति जोन डब्लु चाइल्ड पनि रहेको बताइएको छ ।
वि.सं.२०७५ चैत १३ बुधवार १०:५८ मा प्रकाशित






























