back
CTIZAN AD

चीनले फ्रान्ससँगै किन गर्यो त यस्तो डिल ?

वि.सं.२०७५ चैत १३ बुधवार

765 

shares

१३ चैत, काठमाडौं । युरोपेली विमान निर्माण कम्पनी ‘एयरबस’ सँग ३ सयवटा जेट किन्ने चिनिया निर्णयले संसारकै ध्यान आकृष्ट भएको छ  ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको फ्रान्स भ्रमणका अवसरमा दुई पक्षबीच भएको ३०० जेट खरिद सम्झौताले विश्वको ध्यान एकाएक मोडिएको हो  ।

चीन र फ्रान्सबिचको यो पछिल्लो संझौतालाई कतिपयले अमेरिकासँगको व्यापार विवादसँग पनि जोडेर हेरेका छन । चीनले आफ्नो प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको अमेरिकाले आफ्नो देशमा निर्यात हुने सामानमा करवृद्धि गरेपछि क्रुद्ध भएको चीनले पनि उस्तै कदम चाल्दै आएको परीघटनाका बिचमा चीनको नागरिक उड्डयन विभागले दुइटा बोइङ ७३७ विमान उड्नासाथ दुर्घटना भएका भएको जनाउँदै वायुसेवा कम्पनीलाई ‘म्याक्स–८’ विमान नउडाउन निर्देशन दिएको थियो ।

एयरबसका अनुसार चिनियाँ उड्डयन आपूर्तिसम्बन्धी कम्पनीसँग २९० वटा ए–३२० विमान र १० वटा ए–३५० एक्सडब्लूबी जेट खरिदको सम्झौता भएकोे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले खरिद गर्न लागेका विमानको मूल्य करिब ३ खर्ब ५० अर्ब अमेरिकी डलर पर्ने अनुमान छ ।

यसैगरी ‘ए–३२०’ विमानको सिट क्षमता १८० देखि १८६ छ भने ‘ए–३५० एक्सडब्लूबी’ मा एकपटकमा ३ सयजनाले यात्रा गर्न सक्ने जनाइएको छ ।

चीनको नागरिक उड्डयनलाई सघाउन आफ्ना ‘सिंगल आइस्ल’ र ‘वाइडबडी’ विमान उपलब्ध गराउन पाउनु सम्मानको विषय भएको जनाउदै एयरबस कमर्सियल एयरक्राफ्टका अध्यक्ष गुइलउन फौरीले विज्ञप्ति जारी गरेका छन् ।

अमेरीका चीन दुई देशका अधिकारीले विवाद अन्त्यका लागि भएका वार्ता सहमति नजिक पुगेको जनाउदै आएपनि परीणाम नदेखिएकै अवसरमा चीनले बोइङलाइ बेवास्ता गर्दै एअरबससँग खरीद गर्न लागेको हो । एयरबससँगको यो सम्झौता संगै बोइङले ठूलो झड्काको महशुस गरेको छ । एजेन्सीहरुको सहयोगमा

वि.सं.२०७५ चैत १३ बुधवार ११:५३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...