
१४ चैत, दमौली । भिमाद नगरपालिका ९ पाथर्दीका युवा कृषक शिवकुमार आले सब ओभरसियरको पढाइ सकेर बाख्रापालनमा लाग्नुभएको छ । आलेले आफ्ना बुवाले गर्दै आउनुभएको परम्परागत बाख्रापालनलाई व्यावसायीक रुपमा अगाडि बढाउनुभयो ।
२०६८ सालमा सब ओभरसियर पास गर्नुभएका आलेले सोही वर्षदेखि व्यवासायिक बाख्रापालन शुरु गर्नुभएको हो उहाँले पछिल्लो समय बाख्रापालनबाट वार्षिक १० लाख रुपियाँभन्दा बढी आम्दानी गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, बुवाले परम्परागत स्पमा बाख्रा पालेर मलाई त्यही बाख्रापालनलाई व्यावसायिक बनाएँ ।
उहाँले व्यावसायिक बाख्रापालनबाट गाउँलाई नमुना बनाउने अठोट गर्नुभएको छ । आलेले करिब १२ लाख रुपियाँ खर्चिएर अहिले आधुनिक खोर निर्माण गरी स्थानीय र बोयर जातका ५५ वटा बाख्रा पाल्दै आउनुभएको छ । बिहीबारको गोरखापत्र दैनिक बाट ।
वि.सं.२०७५ चैत १४ बिहीवार ०७:५५ मा प्रकाशित