Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

रिसाहा ग्राहक, जब मेरै सामु क्वाँ क्वाँ रुन थाल्यो



आँसुले मन पनि पगाल्छ ! शान्त पनि पार्छ ! बेदना बाँड्छ र आँशुको मूल्यमै मानिसले मानिसको नारी पनि छाम्छ । यो ग्राहक कोमल मन भको लद्दुलाल रैछ । समाज फिटिक्कै नबुझेको । दबिएका र दबाईएकाहरुको आँशुको भाषा कसले बुंझ्छ यहाँ ?

उ हप्तामा दुई पटक कालो मुख लाएर अफिस छिथ्र्यो । उ अर्थात् एउटा रिसाहा अरबी ग्राहक । मेरो कामको अरबी साथीसँग अरबी भाषामै चर्को– चर्को बोलेर जान्थ्यो ।

अरबी भाषाको सँबाद आँफूले बुझ्ने कुरा भएन । के भयो भनेर साथीको कामको चासो राख्ने कुरा पनि भएन तर हाउभाउले केहि कुराको असन्तुष्टि देखिन्थ्यो ।

हिजो अरबी साथी रिसेप्सनमा नभएको बेला आयो र म सँग झन चर्को चर्को बात मार्यो ।
कुरो रैछ कोठा भाडाको । भाडा तिर भन्ने अफिसको चिठीको !

साहुले के गल्ती देखाएर कामबाट खेदो कुन्नी, बेरोजगार भत्ता पनि पाएनछ त्यसैले तीन महिना देखि भाडा तिर्न नसकेर फिट फिट रैछ उता मेरो अफिसले भाडा नतिरेको भनेर उसलाई अदालतमा ठडाउने प्रोसेस पनि चालिसकेको रहेछ ।

त्यसैले उ रीस र आवेग नियन्त्रण गर्न सकिरहेको थिएन । चिठ्ठी मेरो टेबुलमा फाल्दै चिच्याउन थाल्यो– ‘यो भाडा तिर्न म सक्दिन मलाई सस्तो कोठामा सार्दे । तेरो साथी कता गो मैले भनिसक्या छु । छिटो गर्न पर्यो । म त्यसलाई भेट्न आको ।जवाफ चाहियो’
म त ट्वाँ परेँ । उ रिसाको बेला उ त्याँ छ मेरो साथी भनेर बन्द ढोकातिर देखाउने कुरो पनि आएन र उ पनि बाहिर निस्केन ।

उसको माग अनौठो थियो । भाडा तिर्न सक्दिन भन्ने सिँगल योँग युवकलाई मेरो त के कुरो भो र ? मेरै डाईरेक्टरले पनि कोठा सार्न सक्दैनन् । दिदैनन् । त्यो मात्र हो र ? सामाजिक घर नियममा चलेको हुन्छ । कोठा भाडामा दिने अफिसको टीम र तिनिहरुले तयार पारेको फाईल सदर गर्ने स्वतन्त्र अर्को टीम सहमत भएन भने कुनै पनि मानिसले सामाजिक घर पाउन्न ।
के उत्तर दिने भन्दा पनि कसरी सँझाउने भन्ने उपायको खोजिमा लाग्दै थेँ । कसो कसो यहि बेला उसलाई अर्को फोन आयो । उ अब उता बोल्न थाल्यो । मलाई ‘सरी’ पनि भनेन ‘एकछिन है’ पनि भनेन । मेरै अफिस भित्र चिच्याई चिच्याई बात मार्न थाल्यो । मेरो त कामै ठप्प ! हे भगवान ’ पागल ग्राहकहरु ’ उफ् कानको जाली फुटाल्ने बनायो नसुनम् भनेनी सुनिने ।

बात हुदा कुरा बुझेँ मासु काट्ने कुनै ठुलै पसलको साहुसँग अन्तर्वाता दिएर आएको रैछ । अन्तर्वाता लिने बेला सबै राम्रो छ हामी सन्तुष्ट छम् तर पछि सम्पर्क गर्छौँ भनेर पठाएछन् ।
त्यति भनेकै भरमा जागीर पक्कै हुन्छ भनेर मासु काट्दा लाउने प्रोफेशनल चिजहरु किनेछ ।
तर फाईनल छनौटमा उसको सट्टा अर्कैलाई लिईएछ । त्यसको खबर महिला स्टाफ मार्फत दिएको रैछ !

तर उ भने तर्कले(बास्तवमा कुतर्क ! युरोपका साहुलाई के मतलब पारिवारीक समस्या) जित्ने प्रयत्न गर्दैथ्यो– ८० युरोको जुत्ता किने, २० युरोको पाईन्ट किने, पन्जा किने… अर्को ठाममा बोलाका थिए मैले त काम पाएँ भनिदिएँ । भाडा तिर्ने पैसा छैन, गाउँमा छोराछोरीहरु छन् । तेरो साहुलाई भन्दे किन अन्तर्वाता लिएर धोका देको भनेर । अनि यो पनि भन्दे कि उ बेमानी रैछ । मलाई धोका भयो बुझिस् ?

एकैछिनमा उ टेलिफोनमा क्वाँ क्वाँ रुन थाल्यो र रुदै रुदै लाईन पनि काट्यो ।

अनि मै तिर फर्केर भन्यो देखिस् मेरो बिजोग ? तुरुन्दै सस्तो कोठामा सार्दे मलाई । न मलाई सामाजिक सेवा कोषको पैसा आउँछ न बेरोजगार भत्ता । भको पैसा जुत्ता र पाईन्ट किनेँ ।
कुरा सुन्दा रीस उठेको र छोराछोरी र श्रीमतीका नाममा बगेको आँशु देख्दा माया लागेको ’ कस्ता कस्ता आवेग ल्याउँछन् ग्राहकले हाम्रा मनमा ।

आँसुले मन पनि पगाल्छ ! शान्त पनि पार्छ ! बेदना बाँड्छ र आँशुको मूल्यमै मानिसले मानिसको नारी पनि छाम्छ । यो ग्राहक कोमल मन भको लद्दुलाल रैछ । समाज फिटिक्कै नबुझेको । दबिएका र दबाईएकाहरुको आँशुको भाषा कसले बुंझ्छ यहाँ ?

एकछिन रुन दिएँ । टिस्यु पेपर दिएँ । आँशु पुछ्यो ।

एकछिन पछि सँझाएँ–हेर यो फ्रान्स हो । हाम्रो देश होईन । यहाँ धोकाधडीको खेल हुन्छ । खेल्न जान्नेहरु जितिरहन्छन् । हार्नेहरु भाग्य कुरेर बस्छन् ।बहादुरहरु मौका खोज्छन् । तँ सँग उमेर छ, जाँगर छ अर्को काम भेटिहाल्छस् । तँ बहादुर छस् । बिचार गर त देश छाडेर आईस सँघर्ष गरिरहेको छस्, सिकिरहेको छस् ।

एकछिन बात मारेपछि शान्त भयो उ ।

उसलाई थप जानकारी दिएँ–हेर मैले सघाउन सक्ने केहि पनि छैन तर जानिराख भाडा तिर्न सकिनस् भनेपनि कोठाबाट तलाई निकाल्ने बेला सम्म दुई बर्ष समय जान्छ तर दुई बर्षमा त जागिर पनि पाईसक्छस् । अदालतले पनि यसै निकाल भन्दैन तँलाई पुन भाडा तिरेर बस्ने मौका दिनेछ । तेरो भाडा महिनै पिच्छे थोरै थोरै गरी तिर्न पाउँछस् किन रुन पर्यो ? त सँग के कमी छ ?

हुन पनि बिदेशी सँग केहि कमी हुन्छ भने केबल भाषा । बाँकी फ्रान्सेली जस्तै हुन् उनीहरु पनि ।
यति जानकारी र ढाडस दिदा उ बहुतै खुसी देखियो ।

एकछिन पछि उसले  ‘बाई’ भन्दै गयो । उ छेल नपरुन्जेल अफिसको खुला ढोका बाट हेरेँ । हल्का हावाले फ्याल फ्याल गरिरहेको उसको हरियो ज्याकेट उज्यालो देखिन्थ्यो ’ लेंफ्ट राईट, लेफ्ट राईट ! उसका पाईलाहरु निरन्तर अगाडी बढिरहेका थिए ।

दिन उज्यालो थियो हिजोँ । बसन्त ऋतु आईरहेको छ युरोपमा र घाम लाग्न थालेको छ । मौसम यस्तो छ कि सबैलाई जोस् र जाँगर बोकाएर आउँछ युरोपको बसन्त ! मुना मुनामा ! टुप्पा टुप्पामा !

उसले पनि जागिर भेट्नेछ र एकबार उ फेरी सान्त्वनाको प्रतिउत्तर धन्यबाद भन्न अबस्य आईपुग्नेछ । अरु ग्राहक जस्तै ! यो बसन्त हो हावामा समेत उमँग बग्छ ।
फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलको फेसबुक वालबाट लिइएको ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४