back
CTIZAN AD

शक्तिशाली पासपोर्टको विश्व वरीयतामा नेपाल ९८ औं स्थानमा

वि.सं.२०७५ चैत १४ बिहीवार

1.5K 

shares

१४ चैत, काठमाडौं । शक्तिशाली पासपोर्टको विश्व वरीयतामा नेपाल ९८ औं स्थानमा
परेको छ ।

आयटा IATA ले सार्वजनिक गरेको तथ्यांकका आधारमा हेन्ली पासपोर्ट इन्डेक्सनले गरेको सार्वजनिक सूचनाका अनुसार नेपाल ९८ औं स्थानमा परेको हो ।

विश्वकै १ नम्बर अर्थात् मुख्य शक्तिसाली पासपोर्ट तीन देशका परेका छन् । सिंगापुर र दक्षिण कोरिया दोस्रोबाट पहिलोमा चढेपछि अब १ नम्बर पासपोर्ट हुने अर्थात् विना भिसा १९८ देश पुग्न पाउनेमा जापान, सिंगापुर र दक्षिण कोरिया रहेका छन् । यसैगरी अघिल्लो वर्ष तेस्रो वरीयतामा रहेको जर्मन पासपोर्ट यो पटक दोस्रोमा फड्को हानेको छ । जर्मनीहरु १८८ देशमा विना भिसा जान सक्छन् ।


इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसियसन (आएटा) को अनुसन्धान विधि र मान्यता बमोजिम पासपोर्टको महत्व सार्वजनिक गरीने प्रचलन अनुसार नै सन् २०१९ को यो परीणाम आएको हेन्ली पासपोर्ट इन्डेक्सले बताएको छ । इन्डेक्सका अनुसार फ्रान्स, डेनमार्क, इटली, स्वीडेन र फिनल्याण्ड १८७ देशको फ्रि ट्राभल्स सहित तेस्रो वरीयतामा छन् भने स्पेन चौथो र अष्ट्रिया, नेदरल्याण्ड, नर्वे, पोर्चुगल, स्वीजरल्याण्ड र बेलायतले १८५ देशको फ्रि ऐक्सेस सहित पाँचौ स्थान हासिल गरेका छन् ।

१८४ देशमा फ्रि ट्राभल्सको सुविधा सहित बेल्जियम, अमेरिका, क्यानडा, ग्रिस र आयरल्याण्ड छैटौ शक्तिसाली पासपोर्टमा परेका छन् ।

अष्ट्रेलिया र न्यूजिल्याण्ड नवौंको मर्यादामा वरावरीमा छन् भने युएई २१ र इजरायलले २२ औं स्थान लिएका छन् । अमेरिकासँग जुध्दै आएको भेनेजुयला ३५ औं स्थानमा परेको छ भने कतार ५६ औं मा पुगेको छ । सार्क राष्ट्रको मालदिभ्स ५७  औं चीन र थाइल्याण्ड ६७, साउदी अरब ६८ र सार्ककै भुटान ८४ औं स्थानमा छन् । म्यानमार ९१, श्रीलंका ९५, उत्तर कोरिया ९६, बंगलादेश ९७, नेपाल ९८, लेवनान ९९, पाकिस्तान १०२ र अफगानिस्थान र इराक १०४ औं स्थानमा परेर ३० देशको फ्रि भिसा पाउने राष्ट्र बनेका छन् ।

सार्कको हिसावले हेर्दा भारत ८० औं शक्तिसाली पासपोर्टमा छ भने भारतीयहरु ६० देशमा निर्वाध यात्रा गर्न सक्छन् । सार्क मुलुककै सबैभन्दा शक्तिसाली पासपोर्ट ( ५७ औं) मालदिभ्सको हो । जहाँका नागरिक ८६ देशमा विना भिसा जान पाउछन् । ९८ औ. मा परेको नेपालीहरुलाई भने ४० देशमा अनअराइभल भिसामा आवत जावतको सुविधा छ ।

श्रोत र सम्पदाले भरिपूर्ण नेपालले प्रविधि र व्यवसायिकता मार्फत् अर्थतन्त्रको प्रभावकारी सुधार गर्न नसकेको र त्यसैका कारण समग्र हेराइमा नेपाली पासपोर्टको ओज बढाउन नसकिएको स्थितिलाई हृदयंगम गरी नेपालको पासपोर्टलाई शक्तिसाली बनाउन सबै नेपाली जुट्नुको विकल्प छैन ।

https://www.henleypassportindex.com/passport-index

वि.सं.२०७५ चैत १४ बिहीवार १३:५५ मा प्रकाशित

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...