back

विप्लव समुह रक्षात्मक बनेको सरकारी दाबी, सय भन्दा बढि समातिए

वि.सं.२०७५ चैत १४ बिहीवार

39 

shares

१४ चैत, काठमाडौ । पछिल्लो समय राज्यको टाउको दुखाई बनेको नेत्रविक्रम चन्द नेतृत्वको पुर्व माओवादी घटक रक्षात्मक बनेको गृहमन्त्रालयको विश्लेषण रहेको छ । गृहमन्त्री रामबहादुर थापालाई गरीएको विभिन्न सुरक्षा एजेन्सीहरुको व्रिफीङ्ग पछि मन्त्रालय उक्त निष्कर्षमा पुगेको हो ।

सरकारले फागुन २८ गते उक्त समुहका गैरराजनीतिक गतिविधिलाई अवैध घोषणा गरेको थियो । त्यस यता उक्त समुहका तेस्रो वरियताका नेता हेमन्त प्रकाश वलि (सुदर्शन) सहित देशभर बाट १०० भन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

काठमाडौमा हुने लगानी सम्मेलनलाई लक्षीत गरेर विभिन्न स्थानमा विस्फोटका श्रृङखला चलाएको उक्त समुहलाई फकाउने र गलाउने दुवै रणनीति सरकारले लिएको छ ।चैत ९ गते तेस्रो प्रयासमा वलि प्रहरी नियन्त्रणमा आएपछि चन्द समुहले आफ्नो ठूलो क्षति भएको स्वीकार गरेको छ । त्यस यता चैत १२ गते विप्लव समुह आवद्ध बुद्धिजीवी परीषदका भेरी कर्णाली इन्चार्ज धनराज शाही ठूलो मात्रामा विस्फोटक पदार्थ सहित प्रक्राउ परेका छन् ।
चैत १२ मै पश्चिम परासीका जिल्ला इन्चार्ज गंगा ज्ञवाली सुमन सहित दूइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोस्रा वरियताका विश्वकर्मा निस्क्रीय

चन्दले नेतृत्व गरेको अवैध नेपाल कम्युनिष्ट पार्टीका दोस्रो वरियताका नेता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अहिले भूमिकाविहिन बाइएका छन् । तेस्रो वरियताका वलि पक्राउ पर्नु र विश्वकर्माको निस्क्रीयताले विप्लव समुहलाई ठुलै घाटा लागेको अनुमान गृहमन्त्रालय गरेको छ ।

विश्वकर्मालाई मुलधारको माओवादीमा रहदा पनि रक्त चन्दन र यार्सागुम्बा तस्करीमा सम्लग्न भएको आरोप लाग्ने गरेको थियो । पछिल्लो पटक चन्द समुहमा रहदा पनि उनी विवादित बनीरहेका छन् । चन्द समुह भित्र महासचिव विप्लवलाई ‘स्याक’ गरेर आफै महासचिव बन्ने खेलमा लागेको आरोप उनलाई लगाइएको छ ।

मुलधारको माओवादी भित्र जर्नादन शर्मा प्रभाकर सँगको बैयक्तीक इगोमा पोलीएपछि उक्त पार्टी बिभाजनमा समेत विश्वकर्माले महत्वपूर्ण भूमिका निभाएका थिए । पछि मोहन वैधबाट फुटाएर नेकपा बनाउदा पनि चन्दलाई साथ दिएका विश्वकर्मा पछिल्लो समय शक्ती आफैमा केन्द्रीकरण गर्न खोज्ने महासचिव विप्लवको बाटोको तगारो बनेपछि उनी सँगको सम्बन्ध बीग्रीएको बताइन्छ ।

को को परे पक्राउ ?

चैत ९ गते पक्राउ पर्ने वलि अहिलेसम्म पक्राउ परेका सबभन्दा ठूला नेता हुन् । वलीको पक्राउ सँगै सुरक्षा निकायमा उत्साह थपीएको सरकारी पक्षको विश्लेषण छ भने नेकपा भित्र वली पक्राउलाई गम्भिर बहसको विषय बनाइएको छ ।
यस्तै वलीसँगै ताम्सालिङ्ग इन्चार्ज रहेका विजय श्रेष्ठ, रौतहट इन्चार्ज शंकर अधिकारी लगायतका ठुला नेताहरु अहिले सरकारी नियन्त्रणमा रहेका छन् ।

फागुन ११ मा नख्खुमा रहेको एनसेलको टावरमा बम आक्रमण गर्ने डिकेन्द्र राई पनि प्रहरीको नियन्त्रणमा छन् । राई महासचिव विप्लवका पुर्व अंगरक्षक समेत हुन् ।

चैत महिनाको पहिलो साता विप्लव नेतृत्वको अवैध नेकपाका लागि पटक्कै शुभ देखिएको छन् । चैत १२ मा कास्की प्रहरीले तमुवान जनपरीषद्का प्रमुख किसन सिंह गुरुङ्गलाई पक्रिएको छ । त्यसबाहेक अर्का ठुला नेता कोसी व्युरो इन्चार्ज घनश्याम श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लीइसकेको छ । श्रेष्ठलाई मोरङको सुन्दर हरैचाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै मोरङ इन्चार्ज कृष्ण कुमार श्रेष्ठ पनि प्रहरीको आखाबाट भाग्न सकेनन् । अहिले उनी पनि प्रहरीको नियन्त्रणमा छन् ।

पूर्वदेखि पश्चिम सम्मनै विप्लव समुहका धेरै नेता कार्यकर्ता लाई प्रहरीले पक्राउ गरीसकेको छ । यसै मेलोमा पर्छन म्याग्दी जनसरकार प्रमुख जोगेन्द्र बहादुर पुन । भेरी कर्णाली इन्चार्ज घनश्याम शाही पनि प्रहरीको नजरबाट बच्न नसकेका नेता हुन् । यस्तै परासी इन्चार्ज गंगा ज्ञवाली सुमन, कैलालीका भरत शाही लाई पनि प्रहरीले नियन्त्रण गरेको छ ।

अहिले पार्टी, महिला संगठन, विद्यार्थी संगठन र मजदुर संगठनका गरेर ७५ जना नेता कार्यकर्ता लाई प्रहरीले नियन्त्रण गरेको विप्लव समुहले स्वीकार गरेको छ । तर प्रहरीले भने १ सय जना भन्दा बढि नियन्त्रणमा लिइसकेको जनाएको छ ।

वि.सं.२०७५ चैत १४ बिहीवार १५:५० मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...