back
CTIZAN AD

३५ किसानका खोरबाट ५० हजार कुखुरा नष्ट गरियो

वि.सं.२०७५ चैत १५ शुक्रवार

669 

shares

१५ चैत, हेटौंँडा । वर्डफ्लुुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
वर्डफ्लुु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८ फार्ममा रहेका उक्त परिणामको कुखुरा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पशु चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रबाट नौ हजार १५ अण्डा र एक हजार ४६३ किलो दाना पनि नष्ट गरिएको छ ।

जिल्लामा देखिएको वर्डफ्लु नियन्त्रणमा उच्च प्राथमिकता दिएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले बताए ।

वर्डफ्लुु नियन्त्रणका लागि पशुचिकित्सकले जारी गरेको प्रमाणपत्रका आधारमा मात्र जिल्लामा कुखुराको चल्ला भित्रिन दिने र कुखुरा र कुखुराजन्य सामग्रीको बिक्री पनि प्रमाणपत्रका आधारमा नै गर्न दिइने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

वर्डफ्लु सङ्क्रमण नियन्त्रण युनिटका डा सुशीला श्रेष्ठका अनुसार हालसम्म मकवानपुरका ३२ किसानको फार्ममा तीन चरणमा सङ्क्रमित कुखुरा नष्ट गरिएको बताए ।

यसैबीच मकवानपुरको हटिया र कमानेमा पनि वर्डफ्लुुको सङ्क्रमित कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ । वर्डफ्लुुका कारण हेटौँडामा कुखुराको मासु बिक्री वितरणमा कमी आएको व्यवसायीले जनाएका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार १८:१६ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...