back
CTIZAN AD

यी हुन् स्वास्थ्य राम्रो पर्ने सस्तो हरियो तरकारी

वि.सं.२०७५ चैत १९ मंगलवार

1K 

shares

हरियो साग
रायो, चम्सुर र पालुङ्गोको सागमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम पाइन्छ । साथै रेसादार पदार्थ पनि प्रशस्त हुन्छ । यसलाई फलामको भाँडामो पकाएमा आइरन अर्थात् लौहतत्वको शोषण राम्रोसँग हुन्छ । स्वाद र पौष्टिकतामा समेत वृद्धि हुन्छ । महिलाहरुमा आइरन तत्व आपूर्तिका लागि रायो, चम्सुर र पालुङ्गो उपयोगी मानिन्छ । तर यसलाई धेरै बेर पकाएमा यसको स्वाद र गुणस्तर नष्ट हुन्छ ।

नेपाली चलनअनुसार चम्सुर र पालुङ्गो मिलाएर पकाउने गरिन्छ । व्रत बसेको बेलामा त झन् चम्सुरको साग खानु शुद्ध र हल्का मानिन्छ । पालुङ्गो, फलफूल, बदाम, दही मिलाएर सलाद पनि बनाउन सकिन्छ । यसमा नून र कागती हालेपछि झनै मीठो हुन्छ । पालुङ्गोको पकौडा पनि बनाउन सकिन्छ । त्यसै गरी पालुङ्गो र चम्सुरमा आलु मिसाएर अचार बनाउन सकिन्छ । यसमा आवश्यकताअनुसार तिल वा आलसको छोप, टिमुर, नून, कागती, खुर्सानी हालेर स्वादिलो बनाउन सकिन्छ ।

निउँरो
कतै यसलाई निउँरो त कतै निगुरो भनिन्छ । पोष्टिकताले भरपूर भएर पनि कतिले त यसको नाम पनि सुनेका हुँदैनन् । यो प्रायः ओसिलो ठाउँमा पाइन्छ । यसमा भिटामिन ए र सी, केही प्रोटिन तथा कार्बोहाइड्रेट पाइन्छ । १०० ग्राम निउँरोमा ३४ क्यालोरी, ४.५५ प्रतिशत प्रोटिन, ०.४ ग्राम चिल्लो, १.३१ मिग्रा आइरन पाइन्छ ।

निउँरो आँखाको रोग र प्रतिरोधात्मक शक्ति सुधार गर्नका लागि उत्तम मानिन्छ । यसलाई आलु र गोलभेँडासँग मिलाएर पकाउँदा स्वादिलो हुन्छ । निउँरो उसिनेर तिल वा आलसको छोप, नून, कागती मिलाई सलाद बनाएमा झनै पोषिलो हुन्छ । निउँरोको स्वाद थाहा नपाएकाले खान चाहँदैनन् । बिस्तारै स्वाद लिँदै जाँदा भने निउँरो मीठो लाग्दै जान्छ ।

फर्सीको मुन्टा
फर्सीको मुन्टामा प्रोटिन, भिटामिन ए, बी, सी, आइरन तथा आवश्यक खनिज पदार्थ धेरै हुन्छ । त्यसैले फर्सीको मुन्टा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । घिउ हालेर फलामको भाँडोमा पकाएको फर्सीको मुन्टा र गोलभेँडाको तरकारीसँग भात मीठो हुन्छ । फर्सीको फूललाई पनि पकौडा र तरकारी बनाउन प्रयोग गरिन्छ ।

अन्य हरिया सागहरु
बेथे, लट्टे, तोरी, खोली आदि साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस्तो साग हाम्रै गाउँघरमा पाइन्छ तर यसको पोषण मूल्यको ज्ञान नभएकाले हामीले वास्ता गरेका हुँदैनौं । यी सबै हरिया सागमा भिटामिन तथा खनिज, रेसादार पदार्थ पनि प्रशस्त मात्रामा हुन्छ । प्रायः सबै हरियो तरकारीलाई फलामको भाँडोमा पकाउँदा र ज्वानोले झान्दा स्वादमा वृद्धि हुन्छ । यस्तो साग सजिलोसँग पच्ने पनि हुन्छ ।

पिँडालुको तरकारी

पिँडालुको तरकारी भिजाएको केराउ, आलु तथा मस्यौरा मिसाएर बनाउन सकिन्छ । त्यसमा अमिलो बनाउन तामा, टमाटर, कागती अथवा लप्सी मिसाउनुपर्छ । यसले गर्दा पिँडालुमा रहेको कोक्याउने कम हुनुका साथै स्वादिलो पनि हुन्छ । पिँडालुमा आलुमा भन्दा धेरै पोषक गुण हुन्छ । थोरै मात्र क्यालोरी हुन्छ । १०० ग्राम पिँडालुमा १४२ मात्र क्यालोरी हुन्छ । त्यसैले मधुमेह भएकाहरुका लागि पनि पिँडालु खानु स्वस्थकर हुन्छ । पिँडालुमा पोटासियम, क्याल्सियम, भिटामिन सी, ई, बी हुन्छ । उसिनेको पिँडालु नून–खुर्सानीसँग खाँदाको मज्जा नै अर्कै हुन्छ ।
यसलाई तरकारीको रुपमा पनि खान सकिन्छ । जाडो मौसममा कालो दालसँग मिसाएर पकाएको पिँडालुले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । पिँडालुको पातलाई कर्कलो भनिन्छ । यसलाई हरियो सागको रुपमा खाइन्छ । पिँडालुको डाँठको अचार पहाडी भेगमा धेरै प्रख्यात परिकार हो । डाँठलाई कालो दालसँग मिसाएर मस्यौरा पनि बनाइन्छ । यो राम्रोसँग सुकाएर राखेपछि वर्षभरि प्रयोग गर्न सकिन्छ ।

वि.सं.२०७५ चैत १९ मंगलवार १२:५२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...