back
CTIZAN AD

कथाकार विजय सागरलाई ‘मैनाली कथा सम्मान’

वि.सं.२०७५ चैत २० बुधवार

885 

shares

२० चैत, काठमाडौ । ‘मैनाली कथा सम्मान’ कथाकार विजय सागरलाई प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र साहित्यिक पत्रकार सङ्घद्धारा मङ्गलबार आयोजित ३७औँ कथा दिवसमा कथाकार गुरुप्रसाद मैनालीको नाममा स्थापित सम्मान सागरलाई प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरीले मोफसलमा बसेर नेपाली भाषा र साहित्यको विकासमा कथाकार सागरले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताए । “नेपालको लोकप्रिय विधाको रुपमा कथा विधा अगाडि बढ्दै गएको छ”, उनले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव प्रा जगतप्रसाद उपाध्यायले आख्यान साहित्य नेपाली पाठकलाई तान्ने खालको हुनुपर्ने बताए । “नेपाली वाङ्मयको विकास र विस्तारमा कथाविधाले महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने । विसं २००६ मा भैरहवामा जन्मनुभएका विजय गोविन्द श्रेष्ठको साहित्यिक नाम विजय सागर हो । कथाकार सागरले आफ्नो पाँच दशक लामो साहित्यिक यात्रामा थुप्रै कथासङ्ग्रह प्रकाशित गरेका साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए ।

सम्मानित व्यक्ति सागरले सम्मानसँगै आफूलाई नेपाली साहित्यको विकासमा लाग्न थप प्रेरणा मिलेको बताए । विसं २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले प्रत्येक वर्ष नेपाली साहित्य क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्दै आएको सङ्घका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । सोही कार्यक्रममा १५ साहित्यकारले आफ्नो लघुकथा वाचन गरेका थिए ।

महिला वक्तृत्वकला

लैङ्गिक हिंसा, घरेलु मदिरा उत्पादन तथा सेवनले पारेका असर र लागुऔषध दुव्र्यसनबाट निम्त्याएका सामाजिक असरसम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँ र नागार्जुन नगरपालिकाको सहकार्यमा नागार्जुन नगरपालिका–५ स्थित जनउद्धार माध्यामिक विद्यालयमा मङ्गलबार ‘महिला वक्तृत्वकला’ प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले घरेलु मदिराका कारण समाजमा लैङ्गिक हिंसा बढ्दै गएकाले यसको रोकथामका लागि नगरपालिका विशेष योजना बनाएर अगाडि बढ्न लागेको जानकारी दिए । “लागुऔषध दुव्यर्सनबाट समाजमा ठूलाठूला घटना घटेका छन् यसलाई नियन्त्रण गर्न नगरपालिका लागिरहेको छ”, उनले ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले समाजमा हुने घटना न्यूनीकरण गर्न प्रहरीले समुदाय–प्रहरी साझेदारी अभियान सञ्चालन गरेको बताउँदै उक्त अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे । वक्तृत्वकला प्रतियोगितामा विभिन्न महिला समूहका २८ जनाले भाग लिएका थिए ।

वि.सं.२०७५ चैत २० बुधवार १२:०३ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...