back
CTIZAN AD

तत्काल वैदेशिक रोजगारीको व्यवस्थापन जरुरी : सामाजिक विकासमन्त्री बराल

वि.सं.२०७५ चैत २० बुधवार

702 

shares

२० चैत, रुपन्देही ।  प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मी सँगको अन्तरक्रिया कार्यक्रममा उनले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप र प्रविधिको सदुपयोग गर्न सक्ने अवस्था सिर्जना हुन नसकेको बताए । “वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन युवाहरु सीप सिकेर मात्रै जानुपर्छ”, उनले भने ।

मन्त्री बरालले श्रम र रोजगारीका सम्बन्धमा सञ्चारमाध्यमबाट आम नागरिकलाई सुसूचित गर्न कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले वैदेशिक रोजगारीका कारण पहाडमा बस्ती खाली हुन थालेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न जरुरी रहेको बताए । उनले भने, “वैदेशिक रोजगारीमा जानेहरुका पीडा धेरै छन्, अब स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।” तिलोत्तमा नगरपालिकाको एक लाख २४ हजार जनसङ्ख्यामध्ये १३ हजार १४ वैदेशिक रोजगारीमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले त्यसमध्ये अधिकांश खाडी मुलुकमा रहेको जानकारी दिए ।

वैदेशिक रोजगार बोर्डका निर्देशक दिनबन्धु सुवेदीले सङ्घीय संरचनाअनुरुप बोर्डबाट प्रदान गरिने सेवा प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने काम भइरहेको बताए । पत्रकार महासङ्घ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले देश सङ्घीयतामा गएपछि केन्द्रमा हुने कार्यक्रम प्रदेशमा आयोजना हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । पत्रकारले सामाजिक सुरक्षा र रोजगारीका विषयमा खोजमूलक समाचार लेख्न यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा राखे ।

पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले रोजगारी र सामाजिक सुरक्षाको सवालमा लेखिने समाचार प्रभावकारी बनाउन कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको आयोजना र पत्रकार महासङ्घ प्रदेश ५ को समन्वयमा भएको दुईदिने कार्यक्रममा प्रदेश नं ५ का ६० पत्रकारको सहभागिता रहेको छ ।

समाजवादको बाटोमा अघि बढौँ : भुसाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले संविधानको प्रस्तावना, नीति निर्देशक सिद्धान्तका आधारमा टेकेर समाजवाद निर्माण गर्न सकिने विचार व्यक्त गरेका छन् ।

समृद्धि सरोकार केन्द्रले मङ्गलबार बुटवलमा आयोजना गरेको समाजवादको पूर्वाधार र हाम्रो दायित्व विषयक अन्तरक्रियामा उनले विभेद समाप्त पार्दै समन्यायिक समाज बनाएर अगाडि बढ्नुपर्ने बताए। उनले भने, “नेपाली समाज सहिष्णुपूर्ण छ, निकारागुवा, ब्राजिल, क्युवा, सोभियत सङ्घका अनुभवहरु सिक्दै अगाडि बढ्नुपर्छ ।”

सहकारीलाई उद्यमसँग जोड्ने नीति बनाएर उत्पादनको क्षेत्रमा लगानी गर्न जरुरी रहेको नेता भुसालको भनाइ छ । नेता भुसालले नेपाली समाजमा रहेको विविधताबीच एकता र विविधताको समन्यायिक पहिचान रहेको बताउँदै राष्ट्रिय मूल प्रवाहीकरण बलियो बनेको धारणा राखेका थिए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जवाफदेही र जिम्मेवार बनेर लागेमा समाजवाद आउन सम्भव रहेको बताए । माक्र्सवादी विचारक पुरन गुरुङले समाजवादमा जान नेतृत्वले समाजवादी चरित्र निर्माण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । अर्थशास्त्री माधवकुमार पौडेलले पार्टीलाई जनपक्षीय तथा निष्कलङ्क बनाउनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, लेखक ऋषि आजाद, पर्यटनविद् बलबहादुर आचार्यलगायतले समाजवादमा जान नेपालमा समाजवादी समाज निर्माणका पूर्वाधार पूरा गर्नुपर्ने उल्लेख गरेका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार १२:२० मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...