Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकी निर्वाचनमा रसियाको भूमिका छैन : रसिया



 

२३ कात्तिक, मस्को (रसिया)। रसियाले अमेरिकी निर्वाचन अभियानमा हस्तक्षेप गर्ने अधिकार पनि नरहेको इच्छा पनि व्यक्त नगरेको सोमबार रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

अमेरिकी निर्वाचन ‘अमेरिकीहरूको आन्तरिक मामिला’ भएको तर त्यहाँ कैयौँ समस्याहरू बाहिर आएको क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभयो ।

उहाँले अमेरिकी विभिन्न समूहले रसियाको अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग मुछेर हेरिएको भन्दै रसिया कसैको पक्षमा नलागेको बताउनुभयो ।

जुलाईमा अमेरिकी डेमोक्रेटिक नेसनल कमिटीका इमेल चुहावट भएपछि यसमा अमेरिकी राजनीतिज्ञले रसियाली ह्याकरलाई दोष लगाएका र राष्ट्रपति बाराक ओबामाले अमेरिकी निर्वाचनमा रसियाले प्रभाव पार्नसक्ने भनी प्रतिक्रिया दिनुभएको थियो ।

त्यसैगरी अक्टुबरमा अमेरिकी गुप्तचर तथा सुरक्षा सङ्घसंस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरी रसियालाई अमेरिकी राजनीतिक सङ्घसंस्थामाथि आक्रमण गरेको भनी रसियाको आलोचना गरेका थिए । तर रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालै उक्त भनाइको खण्डन गर्नुभएको थियो ।

पुटिनले जसले मस्कोमाथि अमेरिकी निर्वाचन अभियान प्रभावित पार्ने प्रयास गरेको भनी रसियाको आलोचना गर्ने शक्तिले अमेरिकी निर्वाचनलाई वास्तविक विषयबाट ध्यान भङ्ग गर्ने प्रयास हुनसक्ने भनी प्रतिक्रिया दिनुभएको थियो । रासस÷सिन्ह्वा


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन