back
CTIZAN AD

अमेरिकी निर्वाचनमा रसियाको भूमिका छैन : रसिया

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

1K 

shares

 

२३ कात्तिक, मस्को (रसिया)। रसियाले अमेरिकी निर्वाचन अभियानमा हस्तक्षेप गर्ने अधिकार पनि नरहेको इच्छा पनि व्यक्त नगरेको सोमबार रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

अमेरिकी निर्वाचन ‘अमेरिकीहरूको आन्तरिक मामिला’ भएको तर त्यहाँ कैयौँ समस्याहरू बाहिर आएको क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभयो ।

उहाँले अमेरिकी विभिन्न समूहले रसियाको अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग मुछेर हेरिएको भन्दै रसिया कसैको पक्षमा नलागेको बताउनुभयो ।

जुलाईमा अमेरिकी डेमोक्रेटिक नेसनल कमिटीका इमेल चुहावट भएपछि यसमा अमेरिकी राजनीतिज्ञले रसियाली ह्याकरलाई दोष लगाएका र राष्ट्रपति बाराक ओबामाले अमेरिकी निर्वाचनमा रसियाले प्रभाव पार्नसक्ने भनी प्रतिक्रिया दिनुभएको थियो ।

त्यसैगरी अक्टुबरमा अमेरिकी गुप्तचर तथा सुरक्षा सङ्घसंस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरी रसियालाई अमेरिकी राजनीतिक सङ्घसंस्थामाथि आक्रमण गरेको भनी रसियाको आलोचना गरेका थिए । तर रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालै उक्त भनाइको खण्डन गर्नुभएको थियो ।

पुटिनले जसले मस्कोमाथि अमेरिकी निर्वाचन अभियान प्रभावित पार्ने प्रयास गरेको भनी रसियाको आलोचना गर्ने शक्तिले अमेरिकी निर्वाचनलाई वास्तविक विषयबाट ध्यान भङ्ग गर्ने प्रयास हुनसक्ने भनी प्रतिक्रिया दिनुभएको थियो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:५६ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...