back

फुटबल खेलप्रेमी तेह्र जनाको गोली हानी हत्या

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

654 

shares
GLOBAL IME AD
NTC AD

२३ कात्तिक, जवा (दक्षिण सुडान) । दक्षिण सुडानको राजधानीमा अवस्थित एक रेस्टुरेन्टमा इङ्गलिस प्रिमियर लिग फुटबल हेर्न जम्मा भएका खेलप्रेमीमाथि एक युवकले गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको प्रहरीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

सुडानी प्रहरीका उपप्रवक्ता क्वासिजोक डोमिनिक एमोन्डकले एएफपीलाई बताएअनुसार शनिबार राति चेल्सी र एभरटन फुटबल क्लबबीच भइरहेको खेल हेर्न बारमा युवाहरू जम्मा भएको ठाउँमा आफूलाई विना शुल्क प्रवेश नदिएको भन्दै उक्त युवकले आक्रमण गरेको बताइएको छ । उक्त युवकले आक्रमण गर्दा पूरै नशामा आएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनामा घाइते वानी प्याट्रिकका अनुसार ले भने, “फुटबल खेल पर्दामा हेरिरहेका मानिसमाथि एक्कासी गोली चल्यो । चलाइएको एक गोलीले मलाई पनि लाग्यो तर भाग्यबस उसको अर्को गोलीले मलाई लाग्नुभन्दा पहिले म जमिनमा ढले र केही मानिस ममाथि ढले । म उठ्दा आक्रमणकारीका हतियारमा गोली सकिएकाले मा भाग्न सफल भएँ ।” उक्त होटलमा फुटबल हेर्नका लागि आधा डलर शुल्क लगाइएको थियो ।

आक्रमणपछि हत्यारा भाग्न सफल भएको र प्रहरीले उसको खोजी जारी राखेको सरकारका उपप्रवक्ता मल अकोल कोर्डिटले बताए । घटना खेदजनाक भएको भन्दै सरकारले आक्रमणको निन्दा गरेको छ । साथै भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता सरकारले जनाएको छ ।

दक्षिण सुडानमा गत तीन वर्षयता चलेको गृहयुद्धका कारण राजधानीसहित देशका अन्य भागमा समेत सुरक्षा चुनौती थप बढेको छ ।

सन् २०१६ को जुलाईमा राष्ट्रपति साल्भा कीर र पूर्व उपराष्ट्रपति तथा प्रतिपक्षी दलका नेता रेइक मसारबीच मनमुटाव देखिएपछि भएको झडपमा करिब ४०० जना दक्षिण सुडानी नागरिकको मृत्यु भएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:५५ मा प्रकाशित

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी...

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

भ्लादिभोस्तोक, रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक...

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय...

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो...

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको...