back
CTIZAN AD

फुटबल खेलप्रेमी तेह्र जनाको गोली हानी हत्या

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

1.1K 

shares

२३ कात्तिक, जवा (दक्षिण सुडान) । दक्षिण सुडानको राजधानीमा अवस्थित एक रेस्टुरेन्टमा इङ्गलिस प्रिमियर लिग फुटबल हेर्न जम्मा भएका खेलप्रेमीमाथि एक युवकले गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको प्रहरीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

सुडानी प्रहरीका उपप्रवक्ता क्वासिजोक डोमिनिक एमोन्डकले एएफपीलाई बताएअनुसार शनिबार राति चेल्सी र एभरटन फुटबल क्लबबीच भइरहेको खेल हेर्न बारमा युवाहरू जम्मा भएको ठाउँमा आफूलाई विना शुल्क प्रवेश नदिएको भन्दै उक्त युवकले आक्रमण गरेको बताइएको छ । उक्त युवकले आक्रमण गर्दा पूरै नशामा आएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनामा घाइते वानी प्याट्रिकका अनुसार ले भने, “फुटबल खेल पर्दामा हेरिरहेका मानिसमाथि एक्कासी गोली चल्यो । चलाइएको एक गोलीले मलाई पनि लाग्यो तर भाग्यबस उसको अर्को गोलीले मलाई लाग्नुभन्दा पहिले म जमिनमा ढले र केही मानिस ममाथि ढले । म उठ्दा आक्रमणकारीका हतियारमा गोली सकिएकाले मा भाग्न सफल भएँ ।” उक्त होटलमा फुटबल हेर्नका लागि आधा डलर शुल्क लगाइएको थियो ।

आक्रमणपछि हत्यारा भाग्न सफल भएको र प्रहरीले उसको खोजी जारी राखेको सरकारका उपप्रवक्ता मल अकोल कोर्डिटले बताए । घटना खेदजनाक भएको भन्दै सरकारले आक्रमणको निन्दा गरेको छ । साथै भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता सरकारले जनाएको छ ।

दक्षिण सुडानमा गत तीन वर्षयता चलेको गृहयुद्धका कारण राजधानीसहित देशका अन्य भागमा समेत सुरक्षा चुनौती थप बढेको छ ।

सन् २०१६ को जुलाईमा राष्ट्रपति साल्भा कीर र पूर्व उपराष्ट्रपति तथा प्रतिपक्षी दलका नेता रेइक मसारबीच मनमुटाव देखिएपछि भएको झडपमा करिब ४०० जना दक्षिण सुडानी नागरिकको मृत्यु भएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:५५ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...