back
CTIZAN AD

साझामा एक दशकपछि लेखा परीक्षण, तीन महिनाभित्र सार्वजनिक गर्ने

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

945 

shares

२३ कात्तिक, काठमाडौँ। साझा प्रकाशनले एक दशकपछि लेखापरीक्षण सम्पन्न गरी आगामी तीन महिनाभित्र सार्वजनिक गर्ने भएको छ ।

प्रकाशनले आव २०६२÷६३ देखि २०७२÷७३ सम्मको लेखापरीक्षण पूरा गरी तीन महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

हाल विभिन्न १५ शाखा कार्यालय र बिक्री केन्द्रको आन्तरिक लेखा परीक्षण गर्न कर्मचारी खटाइएको छ । हालसम्म तीनवटा कार्यालयको लेखा परीक्षण सम्पन्न भएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

लेखा परीक्षण गर्दा कतिपय कर्मचारीबाट अनियमितता गरेको रकम संस्थाले लिनुपर्ने समेत देखिएको छ । एकातिर संस्था ऋणमा डुबेका कारण छ महिनादेखि तलब खान नपाएको भनिनु र कतिपय कार्यालयमा तलब खाएर पनि उल्टै संस्थाले रकम लिनुपर्ने हुनाले थप छानबिन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

“विगतका अनियमितताको छानबिनका लागि समिति गठन गरी काम भइरहेको छ,” शर्माले भन्नुभयो । गत साधारणसभामा छ महिनाभित्र लेखापरीक्षण सार्वजनिक गर्ने प्रतिबद्धता व्यवस्थापनले गरेको थियो । साझा प्रकाशन बचाउन सरकारले ऋण र अनुदान गरी रु ४० करोड दिने प्रतिबद्धता जनाएसँगै सञ्चालक समिति र कर्मचारीमा उत्साह थपिएको छ । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०९:२१ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...