back

  थाइल्याण्डका २५ भन्दा कम पार्टी विजयी

वि.सं.२०७५ चैत २३ शनिवार

33 

shares

२३ चैत, बैंकक । थाइल्याण्डमा गत मार्च २४ मा भएको निर्वाचनबाट २५ भन्दा कम पार्टी विजयी भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार तल्लो सदनका ५०० सिटमा २५ भन्दा कम पार्टीहरुले मात्रै भाग पाएका हुन् ।

थाइल्याण्डमा कुल ५०० सिट मध्ये ३५० जना सांसद प्रत्यक्ष निर्वाचनबाट आउछन् भने १५० जना पार्टीले पाएको मतका आधारमा सिटको भागबण्डा हुन्छ ।

निर्वाचनबाट पालङ प्रचा रथ पार्टीले सबैभन्दा धेरै मत पाएको छ भने फिउ थाइ पार्टीले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको छ ।

कूल पाँच सय सिटमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा जित हासिल गरेको हो भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।

थाइल्याण्डको संसदको माथिल्लो सदनमा भने २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।

सन् २०१४ मा भएको सैनिक “कू” पछि थाइल्याण्डमा गत महिना पहिलो पटक आम निर्वाचन भएको हो ।

पटकपटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि भने विभिन्न क्षेत्रबाट प्रश्न भने अहिले पनि उठाइएको छ ।

वि.सं.२०७५ चैत २३ शनिवार १७:०१ मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...