back
CTIZAN AD

  थाइल्याण्डका २५ भन्दा कम पार्टी विजयी

वि.सं.२०७५ चैत २३ शनिवार

774 

shares

२३ चैत, बैंकक । थाइल्याण्डमा गत मार्च २४ मा भएको निर्वाचनबाट २५ भन्दा कम पार्टी विजयी भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार तल्लो सदनका ५०० सिटमा २५ भन्दा कम पार्टीहरुले मात्रै भाग पाएका हुन् ।

थाइल्याण्डमा कुल ५०० सिट मध्ये ३५० जना सांसद प्रत्यक्ष निर्वाचनबाट आउछन् भने १५० जना पार्टीले पाएको मतका आधारमा सिटको भागबण्डा हुन्छ ।

निर्वाचनबाट पालङ प्रचा रथ पार्टीले सबैभन्दा धेरै मत पाएको छ भने फिउ थाइ पार्टीले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको छ ।

कूल पाँच सय सिटमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा जित हासिल गरेको हो भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।

थाइल्याण्डको संसदको माथिल्लो सदनमा भने २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।

सन् २०१४ मा भएको सैनिक “कू” पछि थाइल्याण्डमा गत महिना पहिलो पटक आम निर्वाचन भएको हो ।

पटकपटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि भने विभिन्न क्षेत्रबाट प्रश्न भने अहिले पनि उठाइएको छ ।

वि.सं.२०७५ चैत २३ शनिवार १७:०१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...