
लेगोस, नाइजेरिया । एनआरएनए नाइजेरियाले मंगलबार बारा र पर्साका हावा र हुरीबाट प्रभावितहरुका लागि एकलाख एकतिस हजार रुपैया पठाएपछि अन्य देशबाट पनि सहयोग रकम उठ्ने क्रम जारी छ ।
एनआरएनए केन्याले समेत मंगलबारै एनआरएनए केन्द्रीय कार्यालय काठमाडौंमा २३,३१२ रुपैया सहयोग जम्मा गरेको एनआरएनए केन्याका अध्यक्ष कृष्ण दत्त भट्टले बताएका छन् ।
त्यसैगरी एनआरएनए युगान्डाले पनि राहत संकलन शुरु गरेको छ । युगान्डास्थित संघका आइसीसी सदस्य जीबनाथ पंगेनीका अनुसार युगान्डाका उधोगी डा .सुधीर रुपालियाले अमेरिकी डलर १३५१ – झण्डै एक लाख पचास हजार ने रु) सहयोग गरेका छन् ।
अन्य रकम उठ्ने क्रम जारी रहेको पनि संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।
वि.सं.२०७५ चैत २७ बुधवार १४:४५ मा प्रकाशित