२ वैशाख, काठमाडौ । मुलुकमा सन्चार दर्ता भएका कम्पनीमध्ये अधिकांश जरिवानामा परेका छन् । समयमै अद्यावधिक नगरेपछि एक लाख १८ हजार कम्पनीहरुले सवा दुई अर्बभन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ ।
महालेखापरीक्षको ५६ औ वार्षिक प्रतिवेदन २०७५ ले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म दर्ता भएका एक लाख ९२ हजार कम्पनीमध्ये ६१.४५ प्रतिशतले समयमै विवरण अद्यावधिक नगरेका ती कम्पनीलाई लाग्ने जरिवाना दुई अर्ब ३६ करोडसम्म हुनेछ ।
कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले आफ्नो नियामावली संशोधन, प्रतिवेदन, लेखापरीक्षक नियुक्ति सन्चालक र कम्पनी सचिवको विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ ।
उक्त व्यवस्थाबामोजिम हालसम्म दर्ता भएका एक लाख ९२ हजार कम्पनीमध्ये एक लाख १८ हजार ६१.४५ प्रतिशतले आफ्नो विवरण अद्यावधिक गरेका छैनन्, महालेखाको प्रतिवेदनमा भनिएको छ, जरिवाना दररेटका आधारमा न्यूनतम ५९ करोडदेखि अधिकतम दुई अर्ब ३६ करोडसम्म जरिवाना असुल गर्नुपर्ने व्यवस्था छ । सोमबारको नागरिक दैनिकमा सन्तोष न्यौपानेले लेखेका छ ।
वि.सं.२०७६ वैशाख २ सोमवार ०७:३५ मा प्रकाशित