
२ बैशाख, काठमाडौं । नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवा हदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्ष्ँमा छन् भने अर्काथरी हटाउनु पर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्यौलमा परेका छन् ।
कानुन र अर्थ मन्त्रालयबाट सहमति आइसकेको नयाँ ऐनको मस्यौदामा ३० वर्षे सेवा हद कायमै राखिएको छ । यद्यपी, गृहमन्त्री राम बहादुर थापा ‘बादल’ यो व्यवस्था हटाउने पक्षमा छन् । उनले सार्वजनिक रुपमै ३० वर्षे सेवा हदले प्रहरी संगठनलाई असर गरेकाले हटाइने बताइसकेका छन् । अहिले नै त्यसबारे मस्यौदा राख्दा विवाद हुने भएकाले मन्त्रिपरिषद्बाट निर्णय गर्ने तयारी गरेको छ । सोमबारको नयाँपत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २ सोमवार ०७:४३ मा प्रकाशित






























