back
CTIZAN AD

फलफूल र तरकारी मात्र खाँदा पनि किन बढीरहन्छ मोटोपन ?

वि.सं.२०७६ वैशाख २ सोमवार

672 

shares

मोटोपन घटाउनका लागि फलफूल र सब्जी बढी मात्रामा खानका लागि धेरैको सल्लाह हुन्छ । तर, फलफूल र सब्जि मात्रै खाँदा पनि पनि मोटोपन नघटेको धेरैको अनुभव छ ।

अहिले संसारका धेरै मानिसहरू मोटोपन घटाउनका लागि लागि परेका छन् । धेरै मानिसहरू अन्य खाना भन्दा बढी हरियो तरकारी तथा फलफूल खाने गर्छन तर मोटोपन नघटेको धेरैको गुनासो हुन्छ ।

धेरै मानिसहरूलाई लाग्छ कि, फलफूल र तरकारी साकाहारी र प्राकृतिक आहार हो । त्यसैले तरकारी र फलफूल त हो नि जति खाँदा पनि हुन्छ भनेर आवस्यकता भन्दा बढी पनि खाइरहेका हुन्छौं । कुनै पनि कुरा जति जरुरी हुन्छ त्यति खानु राम्रो हुन्छ ।

डाइटका क्रममा हरेकदिन एकै समयमा खानु राम्रो हुने स्वस्थ्य विज्ञहरू बताउँछन् । यदि तपाई दिन रात, विहान, दिउसो जतिखेर पायो त्यतिखेर खानु भयो भने, जति कोशिस गर्दा पनि तपार्ईको मोटोपन घट्दैन ।

दिनमा २ पटक पूरा खाना र २ पटक हल्का नाश्ता गर्ने बानी बसाल्नु भयो भने त्यो सबैभन्दा उत्तम हुन्छ ।

धेरै मानिसको यो धारणा हुन्छ कि जंक फुडमा तरकारी हालेर खाँदा स्वादिष्ठका साथै हेल्दी पनि हुन्छ तर, त्यस्तो गर्नु राम्रो नहुने स्वास्थ्य विशेषज्ञ बताउँछन् । हामीले पिज्जा, चाउमीन, पास्ता लगायतका मैदाजन्य खानामा पनि तरकारी मिसाएर धेरै खाने गर्दछौं । तर, त्यो कहिलेकाँही खाँदा त ठिकै हुने र दैनिक भोजनमा मुखको मिठोको लागि यस्तो उपाय अपनायौ भने यसले बेफाइदाका साथै मोटोपन पनि बढाउदै लैजान्छ ।

त्यस्तै अधिकांश मानिसहरूमा कालो चिया या कफिले केही असर नगर्ने भन्ने सोच छ तर, तपाई दिनभरीमा ३–४ पटक चिया या कफी नखाइ सक्नुहुन्न भने ग्रीन टी, कागती चिया, वा अदुवा हालेर चिया पिउन सक्नहुन्छ । दिनमा २ पटक मात्र चिनी हालेको चिया खानु केही हदसम्म राम्रो मानिन्छ ।

प्रोटिन युक्त खाना
यदि तपाई मोटोपन घटाउन चाहानुहुन्छ भने तपाईले यो ध्यान दिन जरुरी हुन्छ कि, तपाईको शरीरमा कति प्रोटिनको आवस्यकता हुन्छ भन्ने । कतिपयलाई यो थाहा नहुँदा मोटोपन घट्नुको साटो बढ्दै गइरहेको हुन्छ । तपाई यदि डाइटमा निर्भर हुनुभएको छ भने ६० ग्राम प्रोटिनको जरुरी हुन्छ ।

वि.सं.२०७६ वैशाख २ सोमवार ०९:०६ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...