back
CTIZAN AD

सफल रहयो वर्ष ०७५ मा नेपाली क्रिकेट, अब ‘ मिसन २३ टु टेस्ट ’

वि.सं.२०७६ वैशाख २ सोमवार

729 

shares

२ बैशाख, काठमाडौ । क्रिकेट अब नेपाली युवाहरुको ढुकढुकी बनिसकेको छ । नेपाली क्रिकेट खेलाडीहरुको कुसल खेल कौसलले वर्ष ०७५ क्रिकेटका लागि आसातीत वर्ष बनेको छ ।

राज्यको सुखद सहयोगको अभावका बिच पनि खेलाडीहरुको एकल प्रयासले नेपाली क्रिकेट जहाँ पुगेको छ, यो हौसला र उत्साहाकै विषय हो । नेपाल क्रिकेट संघ जीवन मृत्युको दोसाधमा छ । सरकारको खेल प्रतिको उदासीनता उत्तीकै भयावह छ । यसका वावजुद पनि नेपाली खेलाडीले वर्ष ०७५ मा क्रिकेटको पशुपतिनाथ लडर्स मैदानमा पहिलो वान डे र टि टवान्टी सेरीज खेल्न सफल भएका छन् । पहिलो पटककै पहिलो त्रिकोणात्मक वान डे र टि टवान्टी जितेर नेपाली खेलाडीले आफ्नो खेल कौसल देखाई सकेका छन् ।

यस्तै आइसीसी एसीया टि टवान्टी ‘ वी ’ च्याम्पीयन बनेर नेपाली खेलाडीले आम नेपाल दर्शकको छाती अझ चौडा बनादिएका छन् । वर्ष ०७५ मा नेपालले कूल २१ खेल खेलेको छ । जसमा १३ जित निकालेर जितको पारी फराकीलो पारेका छन, नेपाली खेलाडीले । दुइ खेल नतिजा बिहीन बन्दा नेपालले ९ खेल मात्रै हारेको छ , वर्ष ०७५ मा ।

वर्ष ०७५ मा नेपाली महिला खेलाडीले थाइल्यान्ड सँगको नमिठो हारका बावजुद उपविजेता बनेर नेपाली सानलाई गर्वीलो बनाएका छन् । नेपाली महिला टोलीले २ वटा अन्तराष्ट्रिय प्रतियोगीता खेलेको छ । जम्मा १२ खेल खेल्दा नेपाली महिला क्रिकेट टिमले १० खेलमा जित नीकालेको छ । २ खेलमा हार बेहोरेको छ ।
यस्तै यस वर्ष सन्दीप लामीछाने विभिन्न लिगमा रामै् जम्न सफल भएका छन् । उनले खेलेका प्राय खेलमा राम्रो पर्दशन गरीरहेका छन् । यसबाहेक युवा खेलाडीहरुको जोस र पाका खेलाडीहरुको समयंता यो वर्ष राम्रै देखियो ।

मीसन २३ टु टेस्ट

आगामी वर्ष हुने टि टवान्टी विश्वकप नेपाली खेलाडीको मुख्य लक्ष्य हो । नेपाली खेलाडी अष्ट्रेलियाको टिकट काट्न सफल हुने आशा वर्ष ०७५ ले जगाएको छ । यसबाहेक २०२३ मा हुने वान डे विश्वकपमा अहिले नेपाली खेलाडीको अर्जुन दृष्टि रहेको छ । आगामी २०३० सम्म टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्यमा यी दुवै खेलको महत्वपुर्ण भुमीका रहन्छ । यसका लागि क्यानको जीवन्तता, सरकारको उदासीनताको अन्त्य र नेपालमा अन्तराष्ट्रिय खेलकूद मैदानमा निर्माणमा ढिलाइ गरीनु राम्रो हुदैन ।

वि.सं.२०७६ वैशाख २ सोमवार १५:१२ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...