back
CTIZAN AD

महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन

वि.सं.२०७६ वैशाख २ सोमवार

780 

shares

२ वैशाख, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को आज त्यहाँ आयोजत एक समारोहबीच उद्घाटन गरेका थिए।

सियान नगर सरकार सियान म्युनिसिपल गभन्र्मेन्ट् द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्दछ र नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवद्र्धनका बारेमा अनुसन्धान गर्दछ ।

उक्त विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा.राजीवकुमार झा सो केन्द्रको निर्देशक हुन् । उनले दिएको जानकारी अनुसार उक्त अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरुका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरुका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्छ ।

उद्घाटन कार्यक्रममा चीनको साङ्सी प्रान्तीय कम्युनिष्ट पार्टीका नेताहरु, सो विश्वविद्यालयका पदाधिकारीहरु र उक्त केन्द्रको दक्षिण एसियाली देशका निर्देशकहरुको सहभागिता रहेको प्राडा झाले जानकारी दिएका थिए ।

सो अवसरमा महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गराएका थिए । उनले दुई देश एक अर्कोबाट लाभान्वित हुदै आएको प्रसङ्ग उल्लेख गर्दै नेपालको विकास प्रयासमा चीनको सहयोग र सद्भावको सराहना गरे ।

चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको महासचिव पौडेलले बताए । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति चिनियाँ जनता र चीन सरकारलाई उनले विशेष धन्यवाद ज्ञापन गरे । हाल चीनमा रहेका महासचिव पौडेल मङ्गलबार बिहान बेइजिङ पुग्ने र त्यहाँ उनको राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ ।

अध्ययन केन्द्रका निर्देशक प्रा.डा.झाले चीन र दक्षिण एसियाली मुलुकहरु तथा विशेषगरी नेपाल र चीनबीचको सम्बन्धलाई अझ नजिक ल्याई थप प्रगाढ बनाउने काममा सहयोग पु¥याउने बताए । उनले भने, “हामी नेपाल र चीन सम्बन्धका हिसाबले धेरै नजिक छौँ तर पनि कुन क्षेत्रमा के कसरी लगानीका सम्भावनाहरुलाई अघि बढाउने भन्ने बारेमा अझै स्पष्ट हुन नसकेकोमा यस केन्द्रले आगामी दिनमा दुई देश एक अर्काबाट कसरी लाभान्वित हुन सक्छन् भन्ने बारेमा अनुसन्धान गर्नेछ ।”

प्राध्यापक झा करिब २२ वर्षदेखि चीनमा छन् । सियान विश्वविद्यालयमा प्राध्यापनरत प्राडा झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।

उनलाई चीनको सियान सरकारले सन् २०१८ का लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार पनि प्रदान गरेको थियो । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा उक्त पुरस्कारका साथ ‘सियान एक्सिलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रदान गर्ने गर्दछ ।

वि.सं.२०७६ वैशाख २ सोमवार १४:१३ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...