back
CTIZAN AD

भूमाफियाको महाबिगबिगी : यसरी लुटे ५ हजार जनाले १८ सय रोपनी

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

852 

shares

६ बैशाख, काठमाडौ । राजधानी काठमाडौमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । पैसा र शक्तिको प्रयोग गर्दै पाँच हजार जनाले पोखरी, मन्दिर, गुम्बा, खोला, कुवा, ढुंगेधारा, गुठीको जग्गा र घर, पेटी, बाटो मिचेका छन् । त्यत्रि धेरै जग्गा मिचेको प्रतिवेदन सरकारले २५ वर्षअघि नै पाए पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन ।

अतिक्रमणमा मुलुकका पुल्ठूला मानिस जोडिएकाले कार्यान्वयन हुन नसकेको जिम्मेवार अधिकरी नै स्वीकार्छन् । सूचनाको हक प्रयोग गरेर लिइएको १३५० पेज लामो रावल आयोग प्रतिवेदनमा सरकारी र सार्वजनिक जग्गा मिच्ने भनेर आयोगले किटान गरेका पाँच हजारको नाम, ठेगाना, मिचिएको क्षेत्रफल र कित्ता नम्बर उल्लेख छ ।

सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरेको थियो। पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले दुई वर्ष लगाएर प्रतिवेदन बुझायाे । तर सरकारी निकायले २५ वर्षसम्म प्रतिवेदनमाथि प्रभावकारी कदम चालेनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक अधिकारीका भनाइमा ‘करिब १८ सय रोपनी सरकारी जग्गा मिचिएको आयोगको प्रतिवेदनबारे मौन बस्नु मन्त्रालयका अधिकारीको हितमा थियाे । किनकी यसमा मुलुकका ठूलठूला मानिस जोडिएका थिए ।’

प्रतिवेदन लामो समयसम्म गोप्य राखियो। यसबारे प्रश्न गर्नेलाई मन्त्रालयले संक्षिप्त विवरण दिने गरेको छ । जसमा आयोग गठनको सन्दर्भ र १८ सय रोपनी जग्गा मिचिएको भन्ने मोटो सूचना समावेश छ । शुक्रबारको अन्न्पुर्ण पोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार ०७:२४ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...