
८ बैशाख, काठमाडौं । श्रीलंकाको इस्टरस्थित चर्च र होटलमा भएको बम विष्फोटमा परेर मनेर्को संख्या १ ८७ पुगेको छ ।
घटनामा ५ सय भन्दा बढी घाईते भएका छन् भने झण्डै ७ पटक सम्म विस्फोटको धमाका भएको बताइएको छ । अहिले देशैभरी कफ्र्यु लगाइएको छ भने बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । श्रीलंकाका प्रधानमन्त्री कार्यालयबाट दिइएको जानकारी अनुसार घटनामा मृत्यु हुनेमा विदेशी नागरिक समेत रहेका छन् ।
उक्त अज्ञात समूहले तीन चर्च तथा कोलम्बोमा रहेका तीन पाँचतारे होटल, सांग्रीला स्टार, किग्सबरी र सिनेमन ग्राण्ड होटलमा होटलमा बम विस्फोट गराएको थियो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले विस्फोटको अनुसन्धान भइरहेको बताएका छन् भने प्रधानमन्त्री रानिल विक्रमसिंघेले सुरक्षा मामिलाको आपतकालिन बैठक बोलाइएको पनि बताएका छन् । ऐजेन्सी
श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, १३७ जनाको मृत्यु
वि.सं.२०७६ वैशाख ८ आइतवार १६:५४ मा प्रकाशित