back
CTIZAN AD

नयाँ वर्षको शुरुवातसँगै दौडियो सेयर बजार, २३ अंकले बढ्यो

वि.सं.२०७६ वैशाख ८ आइतवार

687 

shares

८ बैशाख, काठमाडौँ । शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ ।

कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ ।

स्टकका अनुसार कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुगेको छ । कारोवार भएका कूल १० उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा निर्जीवन बीमा ७.२२ र उत्पादन ११.९२ विन्दुले घटेका छन् ।

बैंकिङ ४५.९४, होटल ३४.८, विकास बैंक १६.९७, जलविद्युत् ८.८७, वित्त २.१३, अन्य ९.७, लघुवित्त २६.९१ र जीवन बीमा २२.२५ विन्दुले बढेका छन् ।

स्टकका अनुसार कारोवारका आधारमा आज वाणिज्य बैंक नै शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंक लिमिटेडको रु १४ करोड ९४ लाख ५१ हजार ६५४, एनआइसी एशिया बैंक रु चार करोड ६० लाख ७६ हजार ९१, एनसिसी बैंक रु चार करोड ३१ लाख ३६ हजार ६६३, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड दुई लाख १२ हजार ८६१, सिभिल बैंक रु तीन करोड ९४ लाख ६२ हजार १२ बराबरको कारोवार भई शीर्षस्थानमा रहेका छन् ।

स्टकका अनुसार आज स्ट्याण्र्डड चार्टड बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । नेपाल एसबिआई बैंक ९.८९, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.८६ हिमालयन बैंक ९.०२, अरुण काबेली पावरका शेयरधनीले ८.५९ प्रतिशतले कमाए ।

यस्तै वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.१६ प्रतिशतले गुमाउँदा नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.०४, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.३३, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ वैशाख ८ आइतवार १७:५४ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...