back
CTIZAN AD

हङकङमा पनि मनाईयो नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस

वि.सं.२०७६ वैशाख १२ बिहीवार

591 

shares

नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस हङकङमा पनि मनाइएको छ ।
सत्तारुढ दलको प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च हङकङ’ ले जोर्डनस्थित चुम्लुङ हिममा ८ बैशाखमा सम्पन्न गरेको हो ।

“नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदान” भनि गरिएको उक्त कार्यक्रम नेकपा हङकङका कार्यदल सदस्य रबिन लिङदेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कम्युनिष्टहरु विश्व परिस्थतिमा हराउदै गएको प्रचार भए पनि दक्षिण एसियामा नेपाल कम्युनिष्ट पार्टी सबैभन्दा ठूलो दल बन्न सफल भएको अध्यक्ष लिङदेनले वताए ।

पूर्व नेकपा (माओवादी केन्द्र) हङकङका अध्यक्ष समेत रहेका लिङदेनले हङकङमा आफूलाई सामाजिक कार्यकर्ता ठान्नेहरु पार्टीबाट लाभ लिन खोज्ने तर पार्टीको कार्यक्रममा आउनु डराउने गरेको बताएका थिए । अहिलेको पार्र्टीलाई यो स्थितिलाई कायम राख्न अझ मेहनत गर्नुपर्ने बताउदै हङकङमा नयाँ ढंगले कार्यक्रमहरु गर्दै जानु पर्ने पनि लिङदेनले वताएका थिए ।

कार्यदलका अर्का सदस्य दलहाङ नेम्बाङले कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भए यता सवैखाले परिवर्तनहरुमा पार्टीको भूमिका उच्च स्थानमा रहेको वताए ।
नेकपा एमाले हङकङका पूर्व सचिव रहेका नेम्बाङले शुभकामना मव्यक्त दिदैं नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे इतिहास वारे वताएका थिए ।

कार्यक्रमका अर्का वक्ता जेबी ओख्राबु लिम्बुले ‘नेपालमा सुशाानको प्रत्यक्ष अनुभुत गराउनु पर्ने’ भन्दै दुई तिहाइको सरकारबाट नेपाली जनताले धेरै कुराको आशा राखेकोे बताए । जनताले आशा गरेको सरकारबाट काम हुन नसके अर्को चुनावमा पार्टी खुम्चन सक्ने ओख्राबुले बताए ।

कम्युनिष्ट पार्टीको ७० वर्षको इतिहास र परिवर्तन बारे चर्चा गर्दै कार्यक्रम संचालन गरेका धिरेन्द्र चाम्लिङले कम्युनिष्टहरुको बुझाईप्रति ब्यवहारमा सच्चिुन पर्ने वताए ।

हङकङको सबैभन्दा पुरानो सस्था फियोनाका अध्यक्ष हिरामान राइले नेपालको महत्वपूर्ण निर्वाचनहरुमा नेपालीहरुले विदेश वसेर भए पनि निर्वाचनमा भाग लिन पाउनुपर्ने माग सहित हस्ताक्षर संकलन गरेको वताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको हङकङमा पूर्व नेकपा एमालेका अध्यक्ष भक्त बहादुर गुरुङ र सचिव दलहाङ नेम्बाङ तथा पूर्व (माओवादी केन्द्र) का अध्यक्ष रबिन लिङदेन र उस्को सामाजिक सस्थाको अध्यक्ष धिरेन्द्र चाम्लिङ सहितको चार जनाको कार्यदल सदस्य रहेको छ ।

चार जनाको कार्यदल सदस्य सहित पूर्व एमाले र माओवादी सहितका ३५ प्रस्तावित सदस्य रहेको कार्यदलका एक सदस्यले बताए । पार्टी एकता वारे संचारकर्मी संग कुरा गर्दै नेपालमा जिल्ला तह सम्मको एकता प्रकृयाको टुंगो लागेको र प्रवासको हकमा पनि करिब टुगों लागिसकेको र केहि निर्णयहरु बाकी रहेकोले औपचारिक रुपमा सर्कुलर छिटै आउने वताए ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०९:२६ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...