back

हङकङमा पनि मनाईयो नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस

वि.सं.२०७६ वैशाख १२ बिहीवार

30 

shares

नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस हङकङमा पनि मनाइएको छ ।
सत्तारुढ दलको प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च हङकङ’ ले जोर्डनस्थित चुम्लुङ हिममा ८ बैशाखमा सम्पन्न गरेको हो ।

“नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदान” भनि गरिएको उक्त कार्यक्रम नेकपा हङकङका कार्यदल सदस्य रबिन लिङदेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कम्युनिष्टहरु विश्व परिस्थतिमा हराउदै गएको प्रचार भए पनि दक्षिण एसियामा नेपाल कम्युनिष्ट पार्टी सबैभन्दा ठूलो दल बन्न सफल भएको अध्यक्ष लिङदेनले वताए ।

पूर्व नेकपा (माओवादी केन्द्र) हङकङका अध्यक्ष समेत रहेका लिङदेनले हङकङमा आफूलाई सामाजिक कार्यकर्ता ठान्नेहरु पार्टीबाट लाभ लिन खोज्ने तर पार्टीको कार्यक्रममा आउनु डराउने गरेको बताएका थिए । अहिलेको पार्र्टीलाई यो स्थितिलाई कायम राख्न अझ मेहनत गर्नुपर्ने बताउदै हङकङमा नयाँ ढंगले कार्यक्रमहरु गर्दै जानु पर्ने पनि लिङदेनले वताएका थिए ।

कार्यदलका अर्का सदस्य दलहाङ नेम्बाङले कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भए यता सवैखाले परिवर्तनहरुमा पार्टीको भूमिका उच्च स्थानमा रहेको वताए ।
नेकपा एमाले हङकङका पूर्व सचिव रहेका नेम्बाङले शुभकामना मव्यक्त दिदैं नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे इतिहास वारे वताएका थिए ।

कार्यक्रमका अर्का वक्ता जेबी ओख्राबु लिम्बुले ‘नेपालमा सुशाानको प्रत्यक्ष अनुभुत गराउनु पर्ने’ भन्दै दुई तिहाइको सरकारबाट नेपाली जनताले धेरै कुराको आशा राखेकोे बताए । जनताले आशा गरेको सरकारबाट काम हुन नसके अर्को चुनावमा पार्टी खुम्चन सक्ने ओख्राबुले बताए ।

कम्युनिष्ट पार्टीको ७० वर्षको इतिहास र परिवर्तन बारे चर्चा गर्दै कार्यक्रम संचालन गरेका धिरेन्द्र चाम्लिङले कम्युनिष्टहरुको बुझाईप्रति ब्यवहारमा सच्चिुन पर्ने वताए ।

हङकङको सबैभन्दा पुरानो सस्था फियोनाका अध्यक्ष हिरामान राइले नेपालको महत्वपूर्ण निर्वाचनहरुमा नेपालीहरुले विदेश वसेर भए पनि निर्वाचनमा भाग लिन पाउनुपर्ने माग सहित हस्ताक्षर संकलन गरेको वताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको हङकङमा पूर्व नेकपा एमालेका अध्यक्ष भक्त बहादुर गुरुङ र सचिव दलहाङ नेम्बाङ तथा पूर्व (माओवादी केन्द्र) का अध्यक्ष रबिन लिङदेन र उस्को सामाजिक सस्थाको अध्यक्ष धिरेन्द्र चाम्लिङ सहितको चार जनाको कार्यदल सदस्य रहेको छ ।

चार जनाको कार्यदल सदस्य सहित पूर्व एमाले र माओवादी सहितका ३५ प्रस्तावित सदस्य रहेको कार्यदलका एक सदस्यले बताए । पार्टी एकता वारे संचारकर्मी संग कुरा गर्दै नेपालमा जिल्ला तह सम्मको एकता प्रकृयाको टुंगो लागेको र प्रवासको हकमा पनि करिब टुगों लागिसकेको र केहि निर्णयहरु बाकी रहेकोले औपचारिक रुपमा सर्कुलर छिटै आउने वताए ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०९:२६ मा प्रकाशित

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

न्यूयोर्क । नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३...

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...