back

शक्तिशाली आयोगमार्फत ‘सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

वि.सं.२०७६ वैशाख १४ शनिवार

39 

shares

१४ वैशाख, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कब्जा र अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अधिकार सम्पन्न शक्तिशाली छानबिन आयोग गठनको तयारी भइरहेको बताएका छन् ।

रिपोर्टस् क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले भने, “मुलुकभर जहाँ जहाँ सरकारी र सार्वजनिक जग्गा कब्जा भएका छन् त्यो सबै फिर्ता गर्ने तयारीमा सरकार जुटेको छ ।”

उक्त आयोगलाई सरकारी, सार्वजनिक र गुढीसम्बन्धी जग्गाको विवाद हेर्ने अधिकार दिने गरी कार्यादेश बनाइन लागेको मन्त्री अर्यालले बताए । “ललिता निवासबाट लिएको शिक्षाले अब देशभरका सार्वजनिक र सरकारी जग्गा अतिक्रमण र कब्जासम्बन्धी गुनासो छानबिन गर्नु हो”, उनले भने, “ललिता निवाससँग जोडिएर आएका विषयको छानबिनका लागि त्यस क्षेत्रका ४५० भन्दा बढी कित्ता मालपोत कार्यालय डिल्लीबजारले बिक्री वितरणका लागि रोक्का राखिसकेको छ ।”

सरकारले ललिता निवासको जग्गा विवादसम्बन्धी विषयको छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदनका आधारमा त्यस क्षेत्रका जग्गा रोक्का गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले भने, “त्यस क्षेत्रको जग्गाको रेकर्ड भएको १०२४ र १०२५ नम्बरको फाइल नै गायब छ, त्यो फाइलभित्र धेरै कित्ता छन्, ती कित्ता पत्ता लगाउनु पर्ने हाम्रो दायित्व रह्यो, पुर्जा, कम्युटर र श्रेस्ता भिडाएर ९८ प्रतिशत कित्ताको किटान गरेर रोक्का निर्णय भएको छ ।”

रोक्का रहेको जग्गामध्ये नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनले खरीद गरेको जग्गासमेत रहेको जानकारी दिँदै उनले बेथितिको अन्त्य गर्ने र सरकारी सम्पत्तिको रक्षा गर्ने अभियानका साथ सरकार अघि बढेको बताए ।

विगतमा भएको बेथिति र अतिक्रमणको विषय बाहिर आएकामा सरकारले नै भू–माफियालाई प्रोत्साहन ग¥यो भन्ने ढङ्गबाट गलत उद्देश्य राखेर बदनाम नगर्न उनले चेतावनी दिए । उनले विषय वस्तु आउँदा सुशासन स्थापित गर्न अघि बढेको गतिमा ठेस पुग्न जाने भएकाले सम्बिन्धित पक्षलाई विचार पु¥याएर बोल्न आग्रह गरे ।

वि.सं.२०७६ वैशाख १४ शनिवार १८:४४ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...