back

अमेरिकी कारखानामा लगानी बढाउन जापानलाई ट्रम्पको दवाव

वि.सं.२०७६ वैशाख १५ आइतवार

39 

shares

१५ बैशाख, वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कार निर्माता कम्पनीहरुलाई अमेरिकामै बढी कार उत्पादन गराउन प्रधानमन्त्री शिन्जो आबेलाई दबाब दिएका छन् ।

दुबै नेताबीच भएको छलफलसम्बन्धी जापानका लागि अमेरिकी राजदूतको दस्ताबेजमा उक्त कुरा उल्लेख छ । यही छलफलपछि जापानी कार निर्माता टोयोटा मोटर कर्पोरेशन समेतका प्रमुख कार निर्माता कम्पनीहरुले अमेरिकी कार निर्माण प्लान्टमा बढी लगानी गर्ने घोषणा गरेका छन्न् ।

जापानका लागि अमेरिकी राजदूत विलियम ह्यागर्टीले भने, “अमेरिकी कार प्लान्टमा लगानी बढाउने बारेमा छलफल भएको छ, र मेरो विचारमा राष्ट्रपति ट्रम्प पनि यस्तो हुनेमा निकै आशावादी हुनुहुन्छ किनभने अर्थतन्त्रको वर्तमान परिदृश्यमा यो निकै उपयुक्त विकल्प हो ।”

राष्ट्रपति ट्रम्पले जापानी कार निर्माताहरुलाई संयुक्तराज्य अमेरिकामा बढी रोजगारी सिर्जना गर्न आग्रह गरिरहेका छन् । ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा भन्दै जापान, युरोपेली मुलुकहरु समेतबाट आयात हुने सवारी साधनमा २५ प्रतिशतसम्म करवृद्धि गर्ने चेतावनी दिइसकेको छ ।

शुक्रबार राष्ट्रपति ट्रम्पले आगामी मे महिनामा टोकियोको भ्रमण गर्नुअघि नै नयाँ द्विपक्षीय व्यापार सम्झौता हुने विश्वास पनि व्यक्त गरे । तर राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच व्यापारिक स्वार्थका कतिपय विषयमा सहमति जुट्न सकेको छैन ।

राजदूत ह्यागर्टले राष्ट्रपति ट्रम्प आगामी जुनमा जापानको ओशाकामा आयोजना हुने औद्योगिक राष्ट्रहरुको बैठक ९ जी–२००मा सहभागी हुने सम्भावना रहेको बताए ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १८:११ मा प्रकाशित

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

गाजा पट्टी, प्यालेस्टाइनी अधिनस्थ क्षेत्र । हमासले कैदी रिहाइको माग...

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

जिनान । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको...

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

दुबई । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि...

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा...

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा...

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

न्यु योर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा...