१७ बैशाख, काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार रहेको बताएका छन् ।
संसद् बैठकलाई सोमबार सम्बोधन गर्दै डा. भट्टराईले नियतवश संलग्नता देखिए आफू दण्ड स्वीकार्न तयार रहेको बताएका छन् ।
तुलनात्मक रुपमा स्वच्छ छवि भएका प्रधानमन्त्री नै बालुवाटारको ‘ललिता निवास जग्गा प्रकरण’ मा मुछिएको भन्दै भट्टराईले यसको जरासम्म पुग्नेगरी छानविन गर्न सरकारसँग माग गरेका छन् ।
‘नियत मात्र ठीक भएर हुँदो रहोछ । हाम्रो संस्था कति वेकम्मा रहेछ ?’ उनले भने, ‘ नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु ।’ मंगलबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ वैशाख १७ मंगलवार ०७:३८ मा प्रकाशित