back

बलत्कारको प्रतिकार गर्दा सुनिताको हत्या

वि.सं.२०७६ वैशाख १७ मंगलवार

24 

shares

१७ बैशाख, कपिलवस्तु । जवर्जस्ती करणीको प्रतिकार कारण सुनिता थारुको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृत अवस्थामा भेटिएकी सुनिता घनाबारे पूर्ण अनुसन्धान हुन बाँकी छ तर घटना हुँद्या सँगै रहेका श्रीमान र उनका साथीको प्रारम्भिक बयानबाट श्रीमान् दोषी नरहेको र उनका साथीको घटनामा संलग्नता पुष्टि हुदै गएको प्रहरी उपरीक्षक अच्युतम प्रसाद पुडारसैनीले जानकारी दिए ।

सुनिताका श्रीमान केही समयदेखि भारतमा बस्दै आएका थिए । सो क्रममा सुनिता र नवीनवीच गोप्य शारीरिक सम्बन्ध थियो । त्यहि सम्बन्धको सुईको पाएकी सुनिताकी सासूले बेलाबखत सोहि कुरालाई लिएर कुटपिट गर्ने गरेको बताइन्छ । त्यसैले छरछिमेकमा घटना पारिवारिक हिंसाका कारण भएको भन्ने विश्वास रहेको स्रोतको दाबी छ । तर, सुनिताको हत्या श्रीमानले गरेको नभई साथीले गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

बयानका क्रममा मृतकका श्रीमान शुरेस थारुले तलब बुझेको खुसीयालीमा ट्रयाक्टर चालक साथी नवीनलाई समेत बोलाएर तीनजैनाले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । सुरेशले मदिरा पिएपछि गर्मी भएको बताउँदै वाणगंगा नदीमा श्रीमती आफू र नविन गएको प्रहरी समक्ष बताएका छन् ।

मादक पर्दा सेवन गरेका उनीहरुले नुहाउने क्रममा सँगै गएका नवीन चौधरीले सुनितासँग यौन सम्पर्क राख्न खोजेको स्वीकारेका छन् । सुनिताले प्रतिवाद गर्न खोज्दा नजिकै रहेको खाल्डोमा धकलेको र चिच्याएपछि नजिकै रहेको ढुंगाले हानेको नवीनले प्रहरी समक्ष स्वीकारेका छन् । भने सुनिताका श्रीमानले मादक पदार्थ सेवन गरेकाले धेरै लागेको र चिच्याएको सुनेपनि वास्ता नगरेको बयान दिएका छन् । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख १७ मंगलवार ०७:५० मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...