back
CTIZAN AD

बलत्कारको प्रतिकार गर्दा सुनिताको हत्या

वि.सं.२०७६ वैशाख १७ मंगलवार

519 

shares

१७ बैशाख, कपिलवस्तु । जवर्जस्ती करणीको प्रतिकार कारण सुनिता थारुको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृत अवस्थामा भेटिएकी सुनिता घनाबारे पूर्ण अनुसन्धान हुन बाँकी छ तर घटना हुँद्या सँगै रहेका श्रीमान र उनका साथीको प्रारम्भिक बयानबाट श्रीमान् दोषी नरहेको र उनका साथीको घटनामा संलग्नता पुष्टि हुदै गएको प्रहरी उपरीक्षक अच्युतम प्रसाद पुडारसैनीले जानकारी दिए ।

सुनिताका श्रीमान केही समयदेखि भारतमा बस्दै आएका थिए । सो क्रममा सुनिता र नवीनवीच गोप्य शारीरिक सम्बन्ध थियो । त्यहि सम्बन्धको सुईको पाएकी सुनिताकी सासूले बेलाबखत सोहि कुरालाई लिएर कुटपिट गर्ने गरेको बताइन्छ । त्यसैले छरछिमेकमा घटना पारिवारिक हिंसाका कारण भएको भन्ने विश्वास रहेको स्रोतको दाबी छ । तर, सुनिताको हत्या श्रीमानले गरेको नभई साथीले गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

बयानका क्रममा मृतकका श्रीमान शुरेस थारुले तलब बुझेको खुसीयालीमा ट्रयाक्टर चालक साथी नवीनलाई समेत बोलाएर तीनजैनाले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । सुरेशले मदिरा पिएपछि गर्मी भएको बताउँदै वाणगंगा नदीमा श्रीमती आफू र नविन गएको प्रहरी समक्ष बताएका छन् ।

मादक पर्दा सेवन गरेका उनीहरुले नुहाउने क्रममा सँगै गएका नवीन चौधरीले सुनितासँग यौन सम्पर्क राख्न खोजेको स्वीकारेका छन् । सुनिताले प्रतिवाद गर्न खोज्दा नजिकै रहेको खाल्डोमा धकलेको र चिच्याएपछि नजिकै रहेको ढुंगाले हानेको नवीनले प्रहरी समक्ष स्वीकारेका छन् । भने सुनिताका श्रीमानले मादक पदार्थ सेवन गरेकाले धेरै लागेको र चिच्याएको सुनेपनि वास्ता नगरेको बयान दिएका छन् । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख १७ मंगलवार ०७:५० मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...