१७ बैशाख, बनेपा । पछिल्लो समय स्थानीय तहका जनप्रतिनिध सुविधा भोगी भए भन्ने आरोप छ । तर, केही मनकारी जनप्रतिनिध आफ्नो सुविधा भन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन् ।
त्यमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउाँपलिका वडा नं ५ का अध्यक्ष खुजेन्ची बहादुर लामा । वडाभरीका जेष्ठ नागरिकको सुविधाका लागि लामाले दुई लाख रुपैयाँको लौरी (लठ्ठी) बाँडेर चर्चामा आएका छन् ।
‘उहाँहरुको पहिलो सहारा भनेका लठ्ठी, त्यपछि अरु सहाराले काम गर्छ भन्ने सोचेर पहिलो चरणमा अढाई सय लठ्ठी वितरण गरेको हुँ । गाउँपालिकाबाट पाउँने मासिक तलब सुविधा जेष्ठ नागरिकको सेवामा लगाएको हुँ ।’ लामाले भने ।
मंगलबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख १७ मंगलवार ०७:५८ मा प्रकाशित